यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 07 Aug, 2023

साउन २२, काठमाडौँ | नेपाल राष्ट्र बैँकले  सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ६२ पैसा र बिक्री दर १४६ रूपैयाँ २८ पैसा रहेको छ। 

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ६२ पैसा र बिक्री दर १६९ रूपैयाँ ३८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!