आज बिहीबार पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on: 10 Aug, 2023

साउन २५, काठमाडौँ | नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार उक्त सुन तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!