आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Posted on: 24 Sep, 2023

असोज ७, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जानकारी दिएको छ । 

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर कारोबारमा आएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम छ । शुक्रबार यसको कारोबार मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!