सुनको मुल्य स्थिर, चाँदीको घट्यो

Posted on: 13 Jun, 2024

जेठ ३१, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य स्थिर रहदै १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस अघि बुधबार पनि सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!