हेर्नुहोस, यस्तो छ आज सुनचाँदी भाउ!

Posted on: 10 Jul, 2024

असार २६, काठमाडौँ ।नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

सोमबार भने सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!