२० आश्विन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओलीसमक्ष प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बैँकको दुई करोड

२० आश्विन २०८१, आईतवार १२:४५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपालको पहिलो बैँकका रुपमा रहेको नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न सो चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुनेगरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरे ।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कँदै जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ? प्रधानमन्त्रीले अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गर्नुभएको होइन: शंकर पोखरेल अनेरास्ववियु क्रान्तिकारीको आजको बन्दसत्र स्थगित   अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै अखिल क्रान्तिकारी सम्मेलनमा आज पनि झडप, हलमा हात हालाहाल सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पबल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन राजेन्द्र लिङ्देन भन्छन्- विपदको क्षति न्युन गर्न सरकार चुक्यो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्नेमा’, अर्को सुनुवाइ मंगलबार