Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

बागमती प्रदेश खेलकुद विकास परिषद्ले २६ जना स्वयंसेवक नियुक्त गर्दै

२०८१, ६ पुष शनिबार ११:४४

हेटौंडा । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय मातहतको प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदका विभिन्न विद्यामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ ।

बुधबार बसेको स्वयंसेवक छनौट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दैछ ।
परिषद्ले स्वयंसेवक प्रशिक्षकको रुपमा सूचिकृत हुन आज सूचना समेत जारी गरेको छ ।

आर्थिक वर्ष २०८१र०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वयंसेवक प्रशिक्षकहरु सूचिकृत गरी छनौट गर्नुपर्ने र कार्यक्षेत्रमा खटाउनुपर्ने भएकाले सूचना जारी गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिएका छन् ।

स्वयंसेवक प्रशिक्षकका लागि इच्छुक योग्यता पुगेका खेलसँग सम्बन्धित खेलाडीहरुले १५ दिन भित्र व्यक्तिगत विवरणसहित निवेदन दिनुपर्ने उनले बताए । परिषद्ले करातेमा ४, उसुमा ३, एथलेटिक्समा १, तेक्वान्दोमा २, भलिबलमा १, फुटबलमा १, बक्सिङमा ३, टेबल टेनिसमा २, नेटबलमा २, व्याडमिन्टनमा २, फुलकन्ट्याक्ट करातेमा ४ र आई।टि।एफ। तेक्वान्दोमा १ जना स्वयंसेवक प्रशिक्षक नियुक्तिका लागि निवेदन माग गरेको छ ।

प्राप्त निवेदनका आधारमा लिखित परीक्षा तथा अन्तरवार्ता मार्फत् प्रशिक्षकहरु नियुक्त गरिने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।छनौट भएका प्रशिक्षकहरु नियुक्त गरी माग भएका जिल्लाहरुमा खटाइने छ ।

प्रदेशका १३ जिल्लामा खेलाडी प्रशिक्षणका लागि नियुक्त भएका स्वयंसेवक पशिक्षकहरु खटाइने उनले बताए । स्वयंसेवक प्रशिक्षकले सेवा गरे बापत् मासिक २२ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ