३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खानेपानी संस्थान राजविराजले एक करोड बक्यौता रकम असुल गर्न बाँकी

१६ माघ २०७४, मंगलवार ११:३३

माघ १६, सप्तरी | खानेपानी संस्थान राजविराजले २०७४ पुस मसान्तसम्म रु एक करोडभन्दा बढी बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाएको छ । 

ग्राहकबाट रकम असुली नहुँदा कार्यालयको राजश्व संकलन प्रभावित भएको छ भने नयाँ ग्राहक थप्न समस्या भइरहेको छ । कार्यालयका अनुसार विभिन्न संघसंस्था, विद्यालय र सरकारी कार्यालयलबाट रु एक करोड ११ लाख ६० हजार बक्यौता रकम असुल्न बाँकी रहेको छ । 

पूर्व सचिव विन्देश्वरप्रसाद सिंहबाट रु एक लाख १२ हजार, जिल्ला साझा संघबाट रु एक लाख ३१ हजार, केशो अनिरुद्धवती माध्यमिक विद्यालयको रु १ लाख २९ हजार, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको रु एक लाख २९ हजारलगायत अन्यबाट पानीको महसुल असुल गर्न बाँकी रहेको खानेपानी संस्थान राजविराजले जनाएको छ । 

बक्यौता रकम बुझाउन कार्यालयले पटक पटक ताकेता गर्दा पनि बुझाउन नमानेका कतिपय ग्राहकको खानेपानीको धाराको लाइन काटिने कार्य शुरु गरेको संस्थानका लेखा अधिकृत अजय बरियैत यादवले बताउनुभयो । विसं २०५६ देखि संस्थानले वितरण गर्दै आएको खानेपानी धारा हाल राजविराज नगरपालिकाको दुई हजार ४७९ को घरमा जडान गरिएको छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली