३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने

२ बैशाख २०७५, आईतवार ०७:४७

वैशाख २ सिन्धुली | बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । 

कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिनुभयो । 

उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको दायाँ र बायाँ राजमार्गको बीचबाट दायाँबायाँ १५÷१५ मिटर कायम गर्न नेपाल सरकारलाई आग्रह गरिने उहाँको भनाइ थियो । 

नगरपालिकाले यसअघि सडकको दायाँबायाँ ३१÷३१ मिटरको क्षेत्रमा जग्गा किनबेच तथा घर निर्माणमा लगाएको रोक अब १० मिटर घटेर २१ मिटरमा कायम गर्न पहल गरिने भएको छ । 

त्यस क्षेत्रमा २०७२ सालभन्दा अघि घर नक्सापास नगरी बनेका घरलाई तत्काल सम्पन्नताको प्रमाणपत्र तथा नियमित भवनको नक्सापास गराउन जग्गाधनी तथा घरधनीलाई समय प्रदान गरिने पनि नगरपालिकाले जनाएको छ । 

नक्सा पास नगरी बनेका घरलाई घरधनीको निवेदन, वडाको सिफारिस र घरको नक्सा लिएर ३५ दिनभित्र नगरपालिकामा आए त्यस्ता घरले सम्पन्नताको प्रमाणपत्र पाउने र निर्माण रोकिएका घर तथा नयाँ घरको नक्सा सहजै पास हुने उहाँको भनाइ थियो । 

नगरपालिकाको यो निर्णयले यस क्षेत्रका दर्जनौँ जग्गा धनीको जग्गा किनबेच, घर निर्माण हुने भएको छ । यसअघि नगरपालिकाले सडकको दायाँबायाँ ३१÷३१ मिटरका जग्गा किनबेच तथा घर निर्माण गर्न रोक लगाउँदै आएको थियो । 

बिपी राजमार्गमा पहिला १५ मिटर जग्गाको मात्र मुआब्जा पाएका जग्गा धनीहरु भएको सो क्षेत्रमा मात्र सडकको क्षेत्राधिकार दायाँबायाँ १५÷१५ मिटर र सडक सुरक्षाका लागि छ मिटर गरी २१ मिटर कायम गर्ने र अन्यन्त्रको हकमा भने नेपाल सरकारको निर्णयअनुरुप नै काम हुने उहाँको भनाइ थियो । 

नगरपालिकाले जग्गा किनबेच तथा घर नक्सा पास नगरिदिँदा दर्जनाँै भूकम्पपीडितले घर बनाउन पाएका थिएनन् । सरकारले दोस्रो किस्ताको समयावधि थप गरेकाले अब त्यस्ता लाभग्राहीले सहजताका साथ दोस्रो किस्ता लिन पाउने भएका छन् । 

यस्तै नगरपालकाले वडा नं २ को वडा कार्यालय स्थापनाका लागि जग्गा खरिद गर्ने पनि निर्णय गर्नुका साथै विभिन्न ऐन निर्माण तथा कार्यविधि तयार गरेको छ | रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य