३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैलेखमा पेट्रोलियम अन्वेषणका लागि ‘साइस्मिक सर्भे’ शुरु

९ माघ २०७६, बिहीबार ०६:०३

माघ ९, दैलेख | दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ |अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो। नेपाल र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषण कार्य अगाडि बढाइरहेका छन्।

विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ। अनुसन्धान गर्न अत्याधुनिक साधनसमेत यहाँ ल्याइएको छ। सर्भेअन्तर्गत जमिनभित्र तरङ्ग पठाउने काम शुरु गर्न थालिएको छ। चार सर्भेमध्ये सबैभन्दा महत्वपूर्ण ‘साइस्मिक सर्भे’ मानिन्छ ।

यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान गर्न लागिएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिए। 'पेट्रोलियम भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि ड्रिलिङ गर्ने काम शुरु भइरहेको छ। १० मध्ये एउटा सर्कलमा जमीनमुनि करीब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो। अन्य सर्कलमा त्यही अनुपातमा काममा तीव्रता दिएको छ', उनले भने।

जमीनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने भूगर्भ विभाग जनाएको छ। अन्वेषणका तीन वटा सााइस्मिक सर्भे सम्पन्न भएका छन्। पूर्वपश्चिम उत्तरदक्षिणका विभिन्न भूभागमा जमिनको ४५ फिट मुनिसम्म सानो मेसिनमार्फत ड्रिलिङ गर्ने काम सम्पन्न भएपछि प्रत्येक प्वालमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरु गरिएको छ।

दशवटा साइस्मिक लाइनमा २०० किलोमिटर क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरु भएको छ । एउटा लाइनमा ४०० वर्गमिटर भूभाग समेटिइ सर्भेको काम भइरहेको विभागले जनाएको छ। 'तीन साइस्मिक सर्भेको काम सम्पन्न भएको छ', अन्वेषण अधिकृत डा त्रिपाठीले भने।

अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दिशामा गरी १० वटा साइस्मिक लाइन खनिएका छन् । बाँकी रहेका सात वटा साइस्मिक लाइनमा काम धमाधम भइरहेको छ। माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर अध्ययन लागि पुनःविशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डार क्षेत्रको अन्वेषण कार्य शुरु हुने परियोजनाले जनाएको छ।

अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्रेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङजस्ता काम सम्पन्नपश्चात् महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको काम अहिले शुरु गरिएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन