९ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहयोगका लागि अपिल गर्दै सुनिलस्मृति गाउँपालिका

२३ चैत्र २०७६, आईतवार ०८:२७

चैत २३, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षाका लागि भन्दै सहयोगका लागि अपिल गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको हस्ताक्षरमा एक अपिल सार्वजनिक समेत गरेको छ, अपिलमा भनिएको छ ।

आदरणि आमा, वुवा, दाजुभाई तथा दिदिबहिनिहरु, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षा गर्न सवै एकतावद्ध रुपमा लागि सतर्कता अपनाउनु आजको गम्भीर आवश्यकता बनेको छ । संक्रमणको जोखिमबाट बच्न उच्च सतर्कताका साथ आ–आफ्नो स्थानबाट लागि पर्नु भएका सवै नागरिक, जनप्रतिनिधि, राजनीतिक दल, संघसँस्था, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं कर्मचारीहरु प्रति गाउँपालिका हार्दिक आभार प्रकट गर्दछ ।

यस विपद्को जोखिमलाई हटाउन साथै विपद् पूर्वतयारी, प्रतिकार्य योजना तथा पुनस्थापना जस्ता कृयाकलाप गर्नुपर्ने अवस्था भएकाले यी सबै कुराको व्यवस्थापन गर्न गाउँपालिकाको तर्फबाट गाउँपालिकाको हालको विपद् व्यवस्थापन कोषको २५ लाख रकमलाई वृद्धि गरि कम्तिमा ४० लाखसम्म पुर्याउने मिति २०७६/१२/२० गते बसेको गाउँकार्यपालिका बैठकबाट निर्णय भएको र उक्त कोषमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले कम्तिमा ७ हजार, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले कम्तिमा ५ हजार, वडा सदस्यहरुले कम्तिमा २ हजार तथा गाउँपालिकाबाट तलव भत्ता बुझिलिने शिक्षक, कर्मचारीहरु मध्ये अधिकृत स्तरका शिक्षक, कर्मचारीहरुले ५ दिन बराबरको तलव र सहायक स्तरका शिक्षक, कर्मचारीहरुबाट ३ दिन बराबरको तलव रकम कोषमा जम्मा गर्ने निर्णय सम्पूर्णमा जानकारी गराउदै यस कार्यको लागि थप आर्थिक तथा वस्तुगत सहायता गर्न चाहने व्यक्ति, संघसंस्था, उद्योगी, व्यापारी एवम् सरोकारवाला सवैलाई यस गाउँपालिकाको नाममा रहेको ग्लोवल आई.एम.ई. बैंक, शाखा कार्यालय सुलिचौर, रोल्पामा रहेको प्रकोप व्यवस्थापन कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा रहक जम्मा र वस्तुगत सहायताका लागि सिधैँ गाउँपालिकामा दिनुहुनका लागि हार्दिक अपिल गर्दछौँ । साथै अपिलमा भनिएको छ, थप जानकारीका लागि गाउँपालिका अध्यक्ष मोवाइल नं. ९८५७८२४८१७, उपाध्यक्ष मोवाइल ९८५७८२४८१८, प्रमुख प्रशासकीय अधिकृत मोवाइल ९८५७८२५७७५, लेखा अधिकृत ९८५७८२४८२० मा पनि सम्पर्क गर्न सकिने जानकारी गराइएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जनाकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यानपावर व्यवसायीलाई श्रममन्त्री र महानिर्देशकले एकै मंचबाट भने – ‘एजेन्ट हटाउनुस्’ यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म