३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समपूरक र विशेष अनुदान आएनः नेपालगञ्ज

२६ जेष्ठ २०७७, सोमबार ०१:२३

जेठ २६, नेपालगंज | नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समपूरक र विशेष अनुदान उपलब्ध गराउन राष्ट्रिय योजना आयोगलाई स्मरण गराएको छ ।  उपमहानगरपालिकाले आयोगलाई आइतबार लेखेको पत्रमा  विधि, प्रक्रिया, कानून तथा आवश्यकताका आधारमा माग गरिएका कुनै पनि योजना आव ०७७/७८ को बजेटमा समावेश नगरिएको उल्लेख छ  । 

नगर प्रमुख डा धवलशम्शेर राणाको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘उपमहानगरपालिका आफैँले गर्न नसक्ने क्षेत्रका योजनाहरुका लागि समपूरक र विशेष अनुदान माग गरी समयभित्रै पठाइएको स्मरण गराउन चाहन्छौँ ।’

उपमहानगरपालिकाका अनुसार समपूरक अनुदानस्वरुप वडा नम्बर २० मा कृषि क्याम्पस निर्माण र कान्तिताल सुधार तथा नगरका १३ वटा वडामा कार्यालय निर्माणका योजनामा रु २५ करोड माग गरेको थियो । सोमध्ये रु १२ करोड ५० लाख संघीय सरकारसँग माग गरिएको उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । 

यसैगरी विशेष अनुदानका लागि  फोहोरमैला व्यवस्थापन, विशेष शैक्षिक कार्यक्रम र  लक्षितवर्ग कार्यक्रमका लागि रु १६ करोड ४७ लाख ४० हजार बजेटबाट ६   कार्यक्रम माग गरिएको जनाइएको छ । 

क्वारेन्टाइनको व्यवस्थापनमा ध्यान दिन सुझाव

कोरोना संक्रमित बढेर थप आइसोलेशनको आवश्यकता भइरहेका बेला बाँकेमा भने सञ्चालित क्वारेन्टिन नै व्यवस्थित हुन सकेका छैनन् । जिल्लाका स्थानीय तहले अधिकांश विद्यालयलाई क्वारेन्टिन बनाए पनि उचित व्यवस्थापन गर्न नसक्दा त्यहँींभित्रैबाट संक्रमण फैलिने र थप जोखिम निम्तिने सम्भावना रहेको पाइएको छ । प्रदेश नं ५ प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमाल नेतृत्वको टोलीले नेपालगञ्ज, खजुरा र वैजनाथस्थित क्वारेन्टिन र आइसोलेशनमा गरेको स्थलगत अवलोकनमा क्वारेन्टिनको यस्तो अवस्था देखिएको बताएको छ ।

टोलीले बाँकेस्थित महेन्द्र बहुमुखी क्याम्पस, लायन्स डेण्टलको आइसोलेशन, खजुराको सिमलघारी, वैजनाथको बरगदही, हसनापुर र ओरीलालपुरको क्वारेन्टिनको अवलोकन गर्नाका साथै व्यवस्थापक, जनप्रतिनिधि तथा त्यहाँ आश्रितसँग छलफलसमेत गरेको थियो ।  

आइसोलेशनको अवस्था सामान्य रहे पनि क्वारेन्टिन भने सरकारले जारी गरेको मापदण्डानुसार नहुनाका साथै क्षमताभन्दा बढी व्यक्ति राखिएका कारण व्यवस्थापनमा  अनेक समस्या देखिएको टोलीको निष्कर्ष छ । केही क्वारेन्टिनमा उचित शौचालय, खानेपानीलगायतको समस्या देखिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको स्वाब परीक्षण र रिपोर्ट आउनमा ढिलाइ भइरहेको गुनासो पनि छ  । 

टोलीद्वारा अवलोकन गरिएकामध्ये सिमलघारी क्वारेन्टिनको अवस्था झनै नाजुक रहेको पाइएको छ । बयासी जना रहेको सिमलघारीमा खाजाबाहेक खाना स्वयं ल्याउनुपर्ने भएपछि थप समस्या झेल्नु परिरहेको आश्रितको गुनासो छ । अवलोकन टोलीमा  अधिकारकर्मी, सञ्चारकर्मीलगायतको पनि सहभागिता थियो ।

अवलोकनपछि सचेतक हमालले क्वारेन्टिन सञ्चालन र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको प्रतिक्रिया जनाउनुभयो । उहाँले प्रदेशका अन्य जिल्लाका क्वारेन्टिनको अवस्था पनि अवलोकन गरेर सरकारको ध्यानाकर्षण गराइने बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए