३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सीमा नाका बन्दः नेपालगञ्जमा चहलपहल

२५ असार २०७७, बिहीबार ०५:३२

असार २५, राँझा । कोरोना महामारी सङ्क्रमण रोकथामका लागि नेपाल–भारत जमुनाह नाका बन्द भएपछि नेपालगञ्जमा व्यापारिक चहलपहल बढेको छ ।  सीमावर्ती भारतीय बजार रुपैडिहाका कारण सधैँ व्यापारिक कारोवारमा मन्दी सहँदै आएका नेपालगञ्जका व्यापारीले चार महीनादेखि नेपाली उपभोक्तालाई सेवा गर्ने अवसर पाएका छन् । 

सीमा नाका बन्द भएसँगै भारतीय सामानको तस्करी नियन्त्रणमा आएपछि नेपालगञ्जमा किराना, खाद्यान्न, लुगा, तयारी कपडा, सौन्दर्य प्रसाधनलगायत सबै प्रकारको स्वदेशी व्यापार राम्रो हुन थालेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।“कोरोना महामारीको कारण सीमा नाका बन्द भएपछि यस्तो असहज अवस्थामा पनि नेपालगञ्जमा व्यापारिक चहलपहल राम्रो छ”, सङ्घका महासचिव ओलीले भन्नुभयो, “पहिले उधारोमा सामान बेच्न पनि हारगुहार गर्नुपथ्र्यो, अहिले नगदमै कारोवार हुन थालेको छ ।”

सीमा नाका बन्द भएका कारण नेपाली उपभोक्ता यहीँ रोकिएपछि स्वाभाविक रुपमा नेपालगञ्जको चहलपहल बढेको हो ।  उपभोक्तालाई नेपालगञ्जमै रोकिने गरी व्यवसायीले सेवा प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो ।

सस्तो दरमा सामान पाइने विश्वासमा नेपाली उपभोक्ताको घुइँचो लाग्ने सीमावर्ती भारतीय बजार रुपैडिहा सुनसान भएको छ । सीमा नाका बन्द भएपछि रुपैडिया बजार सुनसान भएको रुपैडिहास्थित पत्रकार सन्तोष शुक्लाले जानकारी दिनुभयो ।उहाँका अनुसार कोरोना महामारीका कारण सीमा बन्द भएपछि रुपैडिहा बजारको कारोवार बन्दजस्तै भएको छ । नेपाली उपभोक्ता आउन नपाउँदा व्यापार चौपट भएको भन्दै भारतीय व्यापारी आन्दोलनमा उत्रिने तयारी गरेका छन् ।

राहत माग

कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प भएको भन्दै र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले मौद्रिक नीतिमार्फत राहत प्याकेजको माग गरेको छ । कोरोना महामारीका कारण निजी क्षेत्र प्रभावित भएकाले आगामी मौद्रिक नीतिमार्फत राहत  दिनुपर्ने माग गरिएको सङ्घका अध्यक्ष अव्दुलवाहिद मन्सुरीले बताउनुभयो । 

उहाँका अनुसार सङ्घले सोही मागका विषयमा ध्यानाकर्षण गराउन आज नेपाल राष्ट्र बैंक, नेपालगञ्जमार्पmत केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउँदै छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए