३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चालू आर्थिक वर्षलाई उद्योग वर्षका रुपमा स्थापित गरिने

१८ श्रावण २०७७, आईतवार ०८:३३

साउन १८, रुकुमपश्चिम। स्थानीयस्तरमा उद्योगको सङ्ख्या र उत्पादन बढाउन रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ लाई उद्योग वर्षका रुपमा स्थापित गर्ने भएको छ । नगरपालिकाले विभिन्न वस्तु उत्पादनका लागि नगरभित्र प्रशस्त उद्योग स्थापनालाई यो वर्ष विशेष जोड दिने भएको हो । 

स्वीटर, ट्राउजरलगायतका लत्ताकपडामा आत्मनिर्भर बन्ने उद्देश्यले नगरपालिकाले यो वर्ष उद्योग स्थापनालाई जोड दिन लागेको नगर प्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । त्यस्तै नगरमै निर्माण सामग्री उत्पादन गर्नका लागि पनि उद्योग स्थापनालाई नीति तथा कार्यक्रममार्फत विशेष जोड दिइएको उहाँको भनाइ छ । 

नगरवासीलाई आवश्यकपर्ने लत्ताकपडा नगरपालिकामै उत्पादन गर्ने र आवश्यक विभिन्न निर्माण सामग्री पनि नगरभित्रै उत्पादन गरेर बाहिरको आयातलाई केहीरुपमा भए पनि कम गर्ने उद्देश्यले यो वर्षलाई उद्योग वर्षका रुपमा स्थापित गर्ने गरी नीति, कार्यक्रम र बजेट निर्माण गरिएको नगरप्रमुख केसीले बताउनुभयो । 

“कुन उद्योगका लागि कति सहयोग गर्ने भन्ने कार्यविधि भने नीति तथा कार्यक्रमका आधारमा बनाउँछौँ र त्यसका आधारमा उद्योग स्थापनाका लागि बजेटको व्यवस्था गर्छौं”, उहाँले भन्नुभयो, “सानादेखि ठूला उद्योग स्थापना गरेर नगरलाई आद्योगीकरणतर्फ मोड्ने हाम्रो लक्ष्य छ ।”

उद्योग स्थापनाका लागि नगरपालिकाले निव्र्याजी ऋणको समेत व्यवस्था गर्ने भएको छ । स्थानीय वित्तीय संस्थामार्फत उद्यमीलाई ऋणको व्यवस्था गरिदिने र त्यसको व्याज नगरपालिकाले व्यहोर्ने गरी कार्यक्रम बनाइएको नगरप्रमुख केसीले जानकारी दिनुभयो । यसबाट उद्योग स्थापनामा लाग्नका लागि उद्यमीलाई प्रेरणा मिल्ने उहाँको विश्वास छ ।

त्यस्तै नगरपालिकाले निर्यात व्यापारलाई सक्दो सहयोग गर्ने तथा बजार भाउ नियन्त्रण गर्न र गुणस्तरीय उपभोग्य सामग्रीको बिक्रीवितरण हुने व्यवस्था गर्न निरन्तर निगरानी र प्रयास गर्ने भएको छ । नगरपालिकामा उद्योग स्थापना गरी त्यसमा बेरोजगारलाई रोजगारी दिने नगरपालिकाको लक्ष्य छ । रोजगारी पाउन नसकेका तथा कोभिड–१९ का कारण बेरोजगार बनेकालाई स्थानीयस्तरमा स्थापना गरिने उद्योगमार्फत रोजगार बनाउने लक्ष्य राखिएको नगरप्रमुख केसीले बताउनुभयो । 

त्यस्तै नगरपालिकाको वडा नं ९ राडी बजारमा निजी क्षेत्रसँगको सहकार्यमा सपिङ मल सञ्चालनको सम्भाव्यता अध्ययनसमेत नगरपालिकाले यसैवर्ष गर्ने भएको छ । नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएदेखि नै उद्योग स्थापनालाई जोड दिँदै आइरहेको छ ।

नगरपालिकाले स्थानीय फलफूललाई प्रशोधन गरी जुस उत्पादनका लागि जुस उद्योग, स्थानीय काठबाट प्लाइउड निर्माणका लागि टिम्बर उद्योग, स्थानीय लसुन, बेसार, अदुवालगायतका मसला उत्पादनका लागि मसला उद्योग, गार्मेन्टलगायतका उद्योग सञ्चालन गरिसकेको छ भने केही उद्योग स्थापना हुने क्रममा रहेको नगरपालिकाले जनाएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य