३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाउरा राख्ने ट्रष्टको भवन हस्तान्तरण

२८ श्रावण २०७७, बुधबार ०८:२६

साउन २८, भक्तपुर । सूर्यविनायक नगरपालिका—४ स्थित धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको दक्षिण बाराही मन्दिर परिसरमा दाह संस्कारका लागि दाउरा राख्ने ट्रष्टकोे भवनको निर्माण सम्पन्न भएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद कोष) र नगरपालिकाको साझेदारी कार्यक्रमअन्तर्गत रु १० लाखको लागतमा सो भवन निर्माण भएको हो । पूर्वमन्त्री एंव प्रतिनिधिसभा सदस्य महेश बस्नेतले आज दक्षिण बाराही मन्दिर परिसर सुधार एवम् व्यवस्थापन समितिलाई सो भवन हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकता तुल्याउन भक्तपुरको विकास मुलुककै लागि नमूना र प्रेरणादायी बनेको बताउनुभयो । 

जनप्रतिनिधि निर्वाचित भएसँगै भक्तपुरको विकासले काँचुली फेरेको उल्लेख गर्दै उहाँले भक्तपुरमा मठमन्दिर, परातात्विक सम्पदा, कला, संस्कृति, सडक, ढल, शिक्षा, स्वास्थ्य, हरियाली, पार्क, हनुमन्ते कोरिडोरलगायतका साना तथा ठूला आयोजनाहरु तीव्रगतिका साथ अघि बढिरहेको बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहनुभएका सांसद बस्नेतले जनताको आवश्यकता र चाहना अनुरुप भक्तपुरको विकास भएको उल्लेख गर्दै यहाँका जनप्रतिनिधिको सक्रियता, जनताको साथ र सहयोगकै कारण विकासले फड्को मारेको बताउनुभयो । प्रदेश सरकारको रु ७० लाखको बजेटमा पार्क बनेको, खानेपानीको आयोजना बन्ने क्रममा रहेको, हनुमन्ते कोरिडोर बन्ने क्रममा रहेको चर्चा गर्दै उहाँले जिल्लामा २१ वटा सम्पदाहरुको निर्माण भइरहेको र केहीको सकिएको बताउनुभयो । यस आर्थिक वर्षमा मध्यपुर नगरपालिका क्षेत्र भित्रका आठ वटा मन्दिरको निर्माण तथा पुनः निर्माणको लागि बजेटको व्यवस्थापन भएको जानकारी दिनुभयो । 

वाग्मती प्रदेश सभा सदस्य शशिजङ्ग थापाले भक्तपुर ऐतिहासिक एवं पुरातात्विक सम्पदाले भरिएकाले यसको संरक्षण गरी भावी पुस्तामा हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष उत्तम थापा, समितिका अध्यक्ष कृष्णलाल घजुँ लगायतले यहाँको ऐतिहासिक एवं पुरातात्विक सम्पदालाई जीवित राख्नुपर्नेबारे बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए