३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकका २४२ बस्ती तुरुन्तै सुरक्षित स्थानान्तरण गर्न माग

५ भाद्र २०७७, शुक्रबार ०९:४९

भदौ ५, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका जनप्रतिनिधिले बाढीपहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्  । सदरमुकाम चौतारामा बिहीबार  बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीको पहिचान र स्थानान्तरणसम्बन्धी समन्वय बैठकमा उनीहरुले बस्ती स्थानान्तरण गर्दा जीविकोपार्जनतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 

बैठकमा सिन्धुपाल्चोकमा २४२ बस्ती बाढीपहिराको जोखिममा रहेको बताइएको छ । पुनःनिर्माण प्राधिकरणका प्राविधिकले गरेको अध्ययनअनुसार यो तथ्याङ्क आएको हो । तथ्याङ्कानुसार गाउँपालिका भोटेकोशीमा ४९ र  बलेफीमा १४ तथा नगरपालिका बाह्रबीसे  २३ र चौतारा साँगाचोकगढीमा नगरपालिकामा चार बस्ती जोखिममा छन् ।

त्यस्तै हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसंखुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङ्पालमा ३२, सुनकोशीमा एक र त्रिपुरामा चार बस्ती जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

 प्राविधिकले तीमध्ये ७१ बस्ती रेड, ७५ बस्ती एल्लो र ७६ बस्ती ग्रिन जोनमा राखेको बताइएको छ  । तीमध्ये पनि अतिजोखिममा रहेका जुगल र बाह्रबीसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो  । उहाँका अनुसार जुगल गाउँपालिकाका लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने भएको छ । त्यस्तै बाह्रबीसे गाउँपालिकामा ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी स्थानान्तरण गर्न लागिएको छ ।

पूर्वमन्त्री शेरबहादुर तामाङले तुरुन्त असुरक्षित बस्ती स्थानान्तरण गर्न सरकार र पुनःनिर्माण प्राधिकरणलाई आग्रह गर्नुभयो ।  सांसद तामाङले ढिला गर्दा अझै क्षति हुने भएकाले जनताको सुरक्षामा ध्यान दिन अनुरोध गर्नुभयो । 

बैठकमा प्रदेशसभा सदस्य निमा लामा, मेलम्चीका प्रमुख डम्बर अर्याल, जुगलका अध्यक्ष होमनारायण श्रेष्ठ, इन्द्रावतीका अध्यक्ष वंशलाल तामाङलगायतले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गरिनुपर्नेमा जोड दिएका थिए ।

बाढीपहिराको उच्च चपेटामा परेको सिन्धुपाल्चोकमा साउनयता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कैयौँ मानिस घरबारविहीन बनेका छन् ।

पहिरोपीडितलाई रु छ लाख सहयोग

जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बुझिलिएको लिदी पहिरो पीडितका लागि देशविदेशका विभिन्न सङ्घसंस्था  र व्यक्तिबाट प्राप्त रु  पाँच लाख ६२ हजार पाँच सय पहिरो पीडितलाई बिहीबार वितरण गरिएको छ । 

राहत ३९ मृतक र बेपत्ताका परिवारलाई रु १० हजारका दरले रु तीन लाख ९० हजार, घाइते पाँच जनालाई रु पाँच हजार र पहिराबाट घर पूर्ण क्षति भएका २२ घरधुरीलाई रु पाँच हजार पाँच सयको दरले वितरण गरिएको हो । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन