३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसहर बस्ती हस्तान्तरण हुँदै

२ आश्विन २०७७, शुक्रबार ०५:२८

असोज २, वाग्मती । सरकारले आवासविहीन मुसहरसहितका दलित समुदायका लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको ३५५ घर आज हस्तान्तरण गर्ने भएको छ । लाभग्राहीहरुलाई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरेका घरहरु आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुसहरहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिनुभयो । 

प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत अतिसीमान्तकृत मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गरेको हो  । बस्ती निर्माणका लागि सरकारले सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर ७ र ९ मा रु दुई करोड बजेट विनियोजन गरेको थियो । निर्माण गरेका ३५५ घर संविधान दिवसका अवसरमा वितरण गर्न लागिएको हो । 

प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत मुसहरसहित अतिसीमान्तकृत माझी तथा चेपाङ समुदायका लागि समेत एकीकृत बस्ती निर्माण गरेको मन्त्री फुयाँलले बताउनुभयोे  । सिन्धुलीबाहेक प्रदेश सरकारले दोलखाको भीमेश्वर–४ मा जिलु एकीकृत बस्ती विकास कार्यक्रमका लागि रु दुई करोड, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ र १२ का लागि रु दुई करोड ५० लाख, सिन्धुपाल्चोकको इन्द्रावती–५ मा प्युघर भदौरे एकीकृत माझी बस्ती विकासका लागि रु एक करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझी बस्ती विकास कार्यक्रमका लागि रु ३० लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमूना माझी बस्ती विकास कार्यक्रमका लागि रु ४० लाख र धादिङ एकीकृत बस्ती विकास कार्यक्रमका लागि रु ४५ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट