३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरको दुवाकोटस्थित वीर अस्पताल राष्ट्रिय गौरवका आयोजनामा समावेश

१५ जेष्ठ २०७८, शनिबार १३:४३

जेठ १५, काठमाडौँ | सरकारले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पतालकका जमिनमा अन्तरराष्ट्रिय स्तरको अत्याधुनिक अस्पताल बनाउने भएको छ । चिकित्सा विज्ञा प्रतिष्ठन (न्याम्स) अन्तरगत वीर अस्पतालको शाखाका रुपमा सो स्थानमा छुट्टै अस्पताल सञ्चालित छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नयाँ भवनका लागि आगामी आव भित्रमा विस्तृत परियोजन प्रतिवेदन तयार पार्नका लागि बजेट विनियोजन गरिएको छ । सो अस्पतालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिनेउहाँको भनाई  छ । 

बजेटमा परिवर्तित जीवनशैली, खानपानका कारणले बढ्दै गएको उच्चरक्तचाप, मधुमेह, मुटु तथा क्यान्सर र नसर्ने रोगका लागि दक्ष चिकित्सक र आधुनिक उपकरण सहितको विशिष्टकृत अस्पताल निर्माण गरिने उल्लेख छ । चालीस वर्षभन्दा माथिका नागरिकको रक्तचाप, रगत, पिसाव जाँच र स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको बर्षमा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको तथा आगामी बर्ष तीन प्रदेशमा ९ जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको छ । 

सवै मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान, र केन्द्रीय अस्पतालले कम्तिमा एकवटा सरकारी अस्पतालमा नियमित विशेषज्ञ सेवा सहितको सेटलाइट सेवा सञ्चालन गर्न व्यवस्था मिलाएको छ । दुईसय क्षमता भन्दा बढी श्ययाका अस्पतालले मानसिक उपचारका लागि न्यूनतम दश श्यया छुटटाउनुपर्ने व्यवस्था मिलाइएको छ । पचास भन्दा बढी श्यया भएका अस्पतालले ज्येष्ठ नागरिकको उपचारका लागि श्यया छुट््याउनुपर्ने व्यवस्था गरिएको छ । 

कीर्तिपुरमा अत्याधुनिक केन्द्र

सरकारले आगामी तीन बर्षका लागि कीर्तिपुरमा अत्याधुनिक केन्द्र स्थापना गर्ने भएको छ । बजेट बक्तव्यमा जटिल तथा घातक रोगका लागि विदेशमा उपचार गर्न जाने व्यवस्थाको अन्त्य गरी स्वदेशमा नै अन्तरराष्ट्रिय सेवा सहितको सुनिश्चित  गर्न त्रिवि चिकित्सा अध्ययन संस्थान  अन्तर्गत कीर्तिपुरमा एक हजार ५०० श्ययाको अत्याधुनिक केन्द्र निर्माण गर्नका गरिने उल्लेख छ ,  केन्द्रमा नेफ्रोलोजी, युरोलोजी, युरोसर्जनी, स्पाइनर सर्जरी, कार्डियोलोजी लगायत रोगको विशिष्ट सेवा  र अध्ययन अनुसन्धानका हुने छ । 

क्यान्सर अध्ययन संस्थान

सरकारले क्यान्सर रोगको अध्ययन अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर अध्ययन संस्थान गठन गरेको छ । उक्त संस्थान अन्तर्गत भक्तपुर क्यान्सर अस्पताल, चितवनको विपी कोइराला क्यान्सर अस्पताल र नेपालगञ्जको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालन गरिने छ । यस्तै सरकारले ५२ हजार महिला स्वास्थ्य स्वयं सेविकाको यातायात भत्ता दोब्बर वृद्धि गरी रु १२ हजार पुर्याएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य