२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुर–नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता

८ पुष २०७८, बिहीबार ०४:४३

पुस ८, भक्तपुर | विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने कमलविनायक–नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ ।

सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार रातिसम्म आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आयोजनाका तर्फबाट सहभागी आयोजना प्रमुख गौतम श्रेष्ठले सातौँ पटक थपिएको म्यादभित्रै कुनै पनि हालतमा सडक निर्माण सम्पन्न गरेर फर्कने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिका रुपमा आउनुभएका माधव खड्काले यो सडकमा निर्माण कम्पनीका तर्फबाट गम्भीर व्यवस्थापकीय कमजोरी भएको स्वीकार्दै अब म्याद थप नहुने गरी निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । कम्पनीकै तर्फबाट आउनुभएका अर्का प्रतिनिधि अनुप अधिकारीले यो सडक निर्माणमा ढिलाइ भएको जिम्मेवारी लिँदै आगामी चैत १५ गतेभित्र सबै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा नगरपालिकाले सबै दलका पार्टी अध्यक्ष वा प्रतिनिधिलाई कार्यक्रममा बोलाए पनि नेकपा (एमाले) र नेमकिपाबाहेक अरु दलका कोही प्रतिनिधि आएनन् । एमालेका जिल्ला अध्यक्ष बचन देउजा, नेमकिपाका प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजूको उपस्थिति रहेको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । कार्यक्रममा एमाले चाँगुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोला, स्थानीय बासिन्दा सुरज बास्तोलालगायतले निर्माण कम्पनीप्रति आक्रोश व्यक्त गर्दै ठेक्का रद्द गरेर जान आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने