विराटनगरमै सिक्किमको एमजी रोड

Posted on: 25 Dec, 2021

पुस १०, विराटनगर (रासस) | प्रदेश नं १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरु गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ । सौन्दर्य हेर्न विदेशसम्म जाने तर आफ्नै देश एवं ठाउँमा निर्माण हुँदा के को आपत्ति भन्दै विराटनगर महानगरपालिकाले प्रश्न उठाएको छ । यो हिमालय रोडको सौन्दर्यकरणले विराटनगरको मात्र होइन प्रदेशकै गौरव बढ्ने विश्वासले महानगरपालिकाले योजना अघि सारेर काम सुरु गरेको बताइएको छ ।

भारतको सिक्किममा एमजी रोडबाट प्रशिद्धि कमाएको सिक्किम जाने पर्यटक घण्टौँ एमजीरोडमा विश्राम गरेर मनोरञ्जन लिइरहेका हुन्छन् । अहिले सो झल्को दिने विराटनगर महानगरपालिकाले हिमालय रोडको सौन्दर्यकरणका लागि सुरु गरेको अभियानका विषयमा अतिरञ्जित गर्न खोजिएको जनाइएको छ । महानगरपालिकाले परियोजनाका विषयमा सरोकारवाला नागरिक र स्थानीयसँग पर्याप्त छलफल गरेर नै यो कार्यक्रम ल्याएको जनाएको हो ।

विराटनगरको ऐतिहासिक महत्व बोकेको तथा जनआन्दोलन रोडका रुपमा समेत पहिचान बनाएको उक्त रोडको गरिमा अझ बढ्ने गरी ब्युटिफिकेसन गर्न लागिएको महानगरको भनाइ छ । महानगरका प्रमुख भीम पराजुलीले स्थानीय घरधुरीसँग निर्माणका विषयमा गुरुयोजना बनाउँदै सहमति गरिएको, स्थानीयको सुझावका आधारमा निर्माणका कार्य समाविष्ट गरिएको, रोड ब्लक नहुने गरी आवागमन व्यवस्थित गर्न लागिएको, रथयात्रा गर्नका लागिसमेत समस्या नपर्ने, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक आवागमन नरोकिने गरी र पार्किङको समेत व्यवस्थापन हुनेगरी व्युटिफिकेसन गर्न लागिएको जानकारी दिनुभयो । 

उहाँले पराजुलीले भत्रुभयो, “विकासका कुरामा नगरवासी कसैले पनि अवरोध नगराँै, जनताको चाहनाअनुरुप नै विकास गर्ने हो, काम गर्न दिउँ ।” हिमालय रोडको सौन्दर्यकरणका विषयमा केही मानिसले विरोध गर्दै आएका छन् । यसमा केही पसल व्यवसाय गर्ने मानिस पनि छन् । स्थानीयवासीका अनुसार कोठाभाडा बढ्ने हो की भत्रे चिन्ताका साथ केही मानिसले भ्रम फैलाइरहेको बताइन्छ । यद्यपी यो भ्रम र आरोपका कारण विराटनगरमा हुन लागेका विकास निर्माणका कार्य एकपछि अर्कोले पूर्णता पाउन सकिरहेको छैन ।

दिगो विकासका क्षेत्रमा काम गर्दै आएका शाहिल श्रेष्ठले भत्रुभयो, “स्थानीयको सुझावका आधारमा गर्न खोजिएको काममा बाहिरी मानिसको हस्तक्षेप नियोजित देखिन्छ, विकासको काममा राजनीति गरिरहने हो भने विराटनगरको विकास कहिले हुने ?” भारतको सिक्कीम राज्यको गान्तोकमा रहेको महात्मा गान्धी रोड (एमजी रोड) स्वरुपमा परिवर्तन गर्ने गरि महानगरपालिकाले यो योजना अगाडी सारेको हो ।

उक्त सडकलाई केही महिनाभित्रै सक्ने महानगरको योजना छ । एक सय ५० मिटर दूरी रहेको हिमालय रोडलाई नयाँ स्वरुप दिन लागिएको छ । सिक्किमको एमजी रोड कै डिजाइनमा बत्र लागेको रोडमा घुम्न आउनेलाई बस्ने ठाँउ, सडकमै खान सकिने गरि स्ट्रिट फुडका स्टल, सडकका दुवै किनारमा आकर्षक रङरोगनसहितको मार्बल ओछ्याउनका साथै फूलका गमला राखेर साज सजावट गरिने महानगरले जनाएको छ ।

साथै रोडमा रातको समयमा विद्युत् जाँदा पनि बत्ती बलिरहने गरी सोलार बिजुली र सिसि क्यामेरा जडित आकर्षित मूर्ति राखिने भएको छ । सडकको दुवै किनारमा भएका भवनलाई आकर्षक रङ लगाइने बताइएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हिमालय रोडको सौन्दर्यकरणले कसैलाई पनि हानी नहुने बरु सबैलाई आनन्दको अनुभूति हुने बताउनुभयो । 

महानगरपालिकाका प्रमुख पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले विराटनगरलाई नै चमक र चहकिलो बनाउने यो रोड करिब रु एक करोड ५० लाखभन्दा बढी लागतमा निर्माण हुनुले नै यसको सौन्दर्य र सजावटबाट विराटनगर आउने जो कोहीलाई आनन्द अनुभूति हुने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!