३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झोलुङ्गे पुल हेर्नेको लर्को

४ माघ २०७८, मंगलवार ०१:५८

माघ ४, महोत्तरी | सामान्यतया तराईमा झोलुङ्गे पुल त्यति प्रचलनमा छैन । त्यसैले महोत्तरीको मटिहानी नगरपालिकामा सोमबार सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्नेको लर्को नै देखिएको छ । मटिहानी–२ र ६ जोड्ने सडकको बिग्ही नदीमा बनेको नवनिर्मित पुल हेर्न अहिले लामो लर्को देखिएको हो ।

“मधेसमा झोलुङ्गे पुल त्यति बन्दैनन् नि ! त्यसैले नौलो लागेर पनि हेर्न आउने बढेका हुन्”, नगरपालिकाका उपप्रमुख शिवोदेवी साह भन्नुहुन्छ, “थपमा हिँडडुल सहजताको खुशी पनि सर्वसाधारणमा देखिएको हो ।” मटिहानी नगरपालिकाको मुख्य बजार मटिहानीबाट धिरापुर आउन–जान भइरहेको कठिनाइलाई नवनिर्मित पुलले चिरेको छ । नदीवारि मुख्य तरकारी बालीको पकेट क्षेत्र मानिने मटिहानीको धिरापुरबाट अब उत्पादित फसल बजार पु¥याउन सहज भएको  किसान बताउँछन् । खासमा मटिहानी बस्तीतिरका थुप्रै किसानको जग्गा बिग्हीपारि धिरापुरतर्फ हुँदा पुल नभएर खेतीपाती हेर्न नै असुविधा खेप्दै आएका किसानले अब राहत महसुस गरेका छन् ।

“यो झोलुङ्गे पुल नयाँ कुरा लागेर मात्र हेर्ने भीड देखिएको होइन” मटिहानी–६ मटिहानी बस्तीका किसान नूरमोहम्मद राइन भन्नुहुन्छ, “घर–खेत आउन जान एवं फसल र बजार जोड्न पुलले ठूलो काम गर्यो, आम किसान यो खुशी साट्न पुल सञ्चालन भएको हेर्न आएका हुन् ।” सोमबार दिउँसो नगरप्रमुख हरिप्रसाद मण्डलले झोलुङ्गे पुल उद्घाटनको क्रममा रिबन काट्दै गर्दा सर्वसाधारणले जयजयकारको नारा लगाएका राइनले बताउनुभयो । 

नेपाल सरकारको सशर्त अनुदान र मटिहानी नगरपालिकाको गरी रु ५२ लाखको लागतमा झोलुङ्गे पुल तयार भएको हो । यो पुल ३२ मिटर लम्बाइ र एक दशमलव पाँच (१.५) मिटर चौडाइको रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिनुभयो । झोलुङ्गे पुलमा हिँड्दा लच्कने भएको हुँदा किशोरवय र सो उमेरमा टेक्दै गरेका बालबालिकालाई थप रमाइलो बनेको शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए