निरन्तर ओरालो लाग्दै सुनको मूल्य, तोलाको कति ?

Posted on: 19 Aug, 2022

भदौ ३, काठमाडौं | केही दिनयता निरन्तर ओरालो यात्रामा रहेको सुनको मूल्य प्रतितोला ९५ हजारमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्दै ९५ हजार ५ सय रुपैयाँमा झरेको हो । 


यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै ९५ हजार रुपैयाँमा झरेको छ । तर यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!