यस्तो छ आजको विदेशी विनिमयदर, कुन देशको कति छ ?

Posted on: 20 Nov, 2022

मङ्सिर ४, काठमाडौँ | नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यस्तै, आज डलरको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ २६ पैसा र बिक्री दर १३५ रूपैयाँ ८८ पैसा रहेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ४६ पैसा र बिक्री दर १५६ रूपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५६ पैसा र बिक्री दर ३५ रूपैयाँ ८१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 



यस बिषयमा तपाइको प्रतिक्रिया...!