यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 06 Dec, 2022

मङ्सिर २०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ५७ पैसा र बिक्री दर १३१ रूपैयाँ १७ पैसा रहेको छ। युरो एकको खरिद दर १३७ रूपैयाँ ८७ पैसा र बिक्री दर १३८ रूपैयाँ ५० पैसा रहेको छ।    

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४१ पैसा र बिक्री दर १६१ रूपैयाँ १५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६० पैसा र बिक्री दर ३५ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!