हेर्नुहोस् बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Posted on: 08 Dec, 2022

मङ्सिर २२, काठमाडौँ | सुनको भाउ बिहीबार तोलामा ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ५० रुपैयाँ कायम रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!