आर्थिक पत्रकार संघमा मोदनाथ ढकाल निर्वाचित

Posted on: 15 Dec, 2022

मङ्सिर २९, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित भएका छन् । संघको १३ औं वार्षिक साधारणसभाबाट ढकालले १०५ मत प्राप्त गरेर बिजयी भएका हुन् । 


संघको उपाध्यक्षमा मेनुका कार्कीले ९२ मत र परमेश्वर अधिकारीले ८२ मत पाएर उपाध्यक्षमा निर्वाचित भए ।

संघको महासचिव पदमा नवीन ढुंगाना निर्विरोध निर्वाचित भए भने सचिवमा दिपक भट्ट र कोषाध्यक्षमा दिलु कार्की पनि निर्विरोध निर्वाचित भएका छन् । संघको सदस्यहरुमा निकेश खत्रीले ७५ मत, विजय पराजुलीले ७१ मत, सविना कार्कीले ६७ मत र राजाराम न्यौपानेले ४८ मत पाएर कार्य समितिको सदस्यमा निर्वाचित भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!