यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् !

Posted on: 16 Dec, 2022

पुस १, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३२ पैसा र बिक्री दर १४० रूपैयाँ ९६ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ०१ पैसा र बिक्री दर १६३ रूपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०१ पैसा र बिक्री दर ३६ रूपैयाँ १७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!