यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 20 Dec, 2022

पुस ५, काठमाडौँ | नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३८ पैसा र बिक्री दर १४१ रूपैयाँ ०२ पैसा रहेको छ।    

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २५ पैसा र बिक्री दर १६१ रूपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!