आज शुक्रबार तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य, कति छ आजको भाउ ?

Posted on: 23 Dec, 2022

पुस ८, काठमाडौँ | नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ रहेको छ ।                  

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।        

यस बिषयमा तपाइको प्रतिक्रिया...!