यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 26 Dec, 2022

पुस ११, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ४३ पैसा र बिक्री दर १४१ रूपैयाँ ०७ पैसा रहेको छ।   

त्यस्तै,  बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५३ पैसा र बिक्री दर १६० रूपैयाँ २५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!