नारायणगढ– मुग्लिन सडकखण्ड: भोलि र पर्सी सवारी निर्वाध रुपमा चलन पाउने

Posted on: 13 Jan, 2023

पुस २९, काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत भोलि शनिबार र पर्सि आइतबार सवारी नरोकिने भएका छन् । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिको कारण सवारी आवागमनलाई सहज बनाउने हेतुले सवारी साधनहरु नरोकिने भएको हो । 

माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!