सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै कारोबार?

Posted on: 26 Jan, 2023

माघ १२, काठमाडौँ । मंगलबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्यले बिहीबार उक्त रेकर्ड ताेड्दै नयाँ रेकर्ड कायम गरेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला सात सय रूपैयाँले उकालो लागेर एक लाख ६ हजार ९ सय रूपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावल सुन प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ४ सय रूपैयाँ कायम भएको छ ।

त्यस्तै बुधबार स्थिर चाँदीको मूल्य बिहीबार तोलामा १५ रूपैयाँ बढेर  एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!