आज सुनचाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Posted on: 07 Feb, 2023

माघ २४, काठमाडौं | आज मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ। सोमबार प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन स्थिर रहदै आज मंगलबार पनि सोहि मूल्यमा नै कारोबार भइरहेको छ ।

तेजावी सुन पनि स्थिर रहदै प्रति तोला १ लाख ४ हजार १ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८९ हजार ६ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८९ हजार २ सय ५० र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!