यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 13 Mar, 2023

फागुन २९, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसार बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ४० पैसा र बिक्री दर १४० रूपैयाँ ०४ पैसा रहेको छ। 

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५६ पैसा र बिक्री दर १५८ रूपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!