Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सल्यानमा सरकारको अनुदान वास्तविक किसानसम्म पुगेन

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

डिल्लीराज रावत/असोज १२, सल्यान । राज्यको तर्फबाट विभिन्न कार्यक्रमका रुपमा कृषकहरुलाई दिइने अनुदान वास्तविक किसान सम्म नपुगेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।

अन्य व्यवसाय भएका टाँठाबाँठा तथा पहुचवालाहरुले मात्रै सरकारी तवरबाट हुने कार्यक्रमहरु लिन पाएकोमा सरोकारवालाले त्यस तर्फ आफ्नो ध्यान गएको बताएका छन । जिल्ला पशु सेवा कार्यालय सल्यानले खलंगामा गरेको बार्षिक कार्यक्रम सार्वजनिकिकरण तथा अभिमुखिकरण गोष्ठीलाई सम्बोधन गर्ने क्रममा कार्यक्रममा सहभागिहरुले वास्तविक किसानका लागि आएका कार्यक्रम उनिहरुलाई नै दिनुपर्ने बताएका हुन ।

सल्यानमा कृषि, पशु, उद्योग विभिन्न क्षेत्रबाट आएको अनुदान पहुचवालाको मुठिमा रहेको भन्दै उनिहरुले किसानका लागि त्यस्ता कार्यक्रममा प्रस्तावना राख्न सहयोग गर्नलाई सहयोग गर्नुपर्ने बताएका हुन ।

निमित्त स्थानिय विकास अधिकारी सुरेश अधिकारीको अध्यक्षता एवम प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय सल्यानका वरिष्ट पशु विकास अधिकृत वाल कुमार श्रेष्ठले सल्यानमा यस आर्थिक बर्षमा हुने कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।

सल्यानमा यसबर्ष पशु सवास्थ्य सेवा, पशु आहार विकास सेवा, नश्ल सुधार कार्यक्रम, पशु सेवा तालिम तथा प्रसार सेवा, पशु बजार प्रवद्र्धन बजारिकरण, पशु सेवा कोष स्थापना तथा संस्थागत विकास र समन्वय सहकार्यका कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिएका छन ।

सल्यानमा मासुको विकास माग अनुसार भएपनि अण्डामा आत्मनिर्भर नभएकोले त्यस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा लिनेगरि योजना निर्माण गरिएको आयोजकले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयको सभाकक्षमा भएको कार्यक्रममा वरिष्ट कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले २ बर्षको अवधिमा गरेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

रुपसिंह राइले संचालन गरेको कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख प्रतिनिधि, पत्रकार, पशुसेवा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।