असोज १३, काठमाडौँ | पाकिस्तानको इस्लामाबादमा हुने सार्क सम्मेलनमा शामिल नहुने फैशला पछि भारत अब पाकिस्तानलाई छाडेर  साउथ एशियामा क्षेत्रीय सहयोगको बिकल्प खो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, काठमाडौँ | पाकिस्तानको इस्लामाबादमा हुने सार्क सम्मेलनमा शामिल नहुने फैशला पछि भारत अब पाकिस्तानलाई छाडेर  साउथ एशियामा क्षेत्रीय सहयोगको बिकल्प खो"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्क राष्ट्रबाट पाकिस्तानलाई एक्ल्याउन यस्तो खेल खेल्दैछ भारत

१३ आश्विन २०७३, बिहीबार ०९:४७

असोज १३, काठमाडौँ | भारत पाकिस्तानबीच युद्ध हुन सक्ने देखेर भारतले दक्षिण एसियालाई शक्तिहरुलाई आफ्नो पक्षमा पार्न ठुलै कसरत गरेको छ | उसले पछिल्लो समय पाकिस्तान बाहेकका सार्क राष्ट्रहरुलाई आफ्नो पक्षमा पार्न बिभिन्न सम्झौता गरेको कुराबाट पनि भारत नीतिबारे स्पष्ट हुने आधार जुटेको छ |

यसैबीच पाकिस्तानको इस्लामाबादमा हुने सार्क सम्मेलनमा शामिल नहुने फैशला लगत्तै भारत अब पाकिस्तानलाई छाडेर  साउथ एशियामा क्षेत्रीय सहयोगको बिकल्प खोजिरहेको छ | उसले पाकिस्तानकै कारण सार्कमा आफ्नो हैसियत तल झार्न बाध्य भएको बुझेर त्यहि अनुसार सार्क राष्ट्रहरुलाई आफ्नो पक्षमा पारेर पाकिस्तानलाई एक्ल्याउने षड्यन्त्र रचेको पाकिस्तानको बुझाई रहेको छ | 

पाकिस्तानको इस्लामाबादमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गरिसकेको भारतले भारतकै गोवामा आउँदो १६ अक्टोबरमा हुने ब्रिक्स-बिआईएमएसटीईसी बैठकमा अफगानिस्तान र माल्दिभ्सलाई बोलाउन सक्ने एक सुत्रले जनाएको छ | स्रोतका अनुसार भारत आफ्नो यस नयाँ मिसनमा सफल बनेको अवस्थामा पाकिस्तान असक्षम् हुने भारतको बिश्वास छ | उसको बुझाईमा पाकिस्तानले पछिल्लो समय सार्क मुलुकलाई आफ्नो पक्षमा लिन कसरत गर्दै आएको छ | यता सार्क राष्ट्रसँग सम्बन्ध बिग्रिएको बुझेर भारतले पछिल्लो दुई बर्षदेखि सार्क राष्ट्रहरुलाई नजिक बनाउनको लागि निरन्तर प्रयास गर्दै आएको छ | यसै शिलशिलामा भारतले २०१५ मा बंगलादेश-भुटान-इन्डिया-नेपाल (बीबीआईएन) मोटर भेईकल्स एग्रिमेन्ट गरेको छ | उसले सार्क राष्ट्रहरुलाई आफ्नो पक्षमा पारेर पाकिस्तानलाई युद्धबिनानै तह लगाउने नीति लिएको स्पष्ट देखिएको पाकिस्तानको बुझाई छ | 

एक सुत्रका अनुसार भारतको बुझाईमा सार्कलाई सन्चालन गर्न पाकिस्तान स्पष्ट बाधक बनेको छ | भारतले पाकिस्तानलाइ सार्क राष्ट्रबाट अलग वा एक्ल्याउनको लागि बिशेष गरि बंगलादेश, भुटान, नेपाल र अफगानिस्तानलाई आफ्नो पक्षमा लिन निरन्तर कोसिस गरेको छ | त्यस्तै केहि समय अघि नेपालबाट भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डलाई भब्य स्वागत गर्नु तथा बिभिन्न सम्झौता गर्नुमा पनि भारतको त्यहि स्वार्थ रहेको बुझ्न सकिन्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल