कृष्ण दर्नाल/पाल्पा, १८ असोज । ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण दर्नाल/पाल्पा, १८ असोज । ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षे"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पाल्पा दरबार सङ्ग्रहालय’ पर्यटक आकर्षणको केन्द्र

२०७३, १८ आश्विन मंगलवार ०६:०४

कृष्ण दर्नाल/पाल्पा, १८ असोज । ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षेत्रको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । 

‘पाल्पा दरबार सङ्ग्रहालय’ मा सङ्ग्रहणीय सामग्री नभएपछि दैनिक ३० देखि ५० को हाराहारीमा पर्यटकले अवलोकन गर्दै आएको पाल्पा दरबारमा सङ्ग्रहालयका प्रमुख विष्णु खनालले बताउनुभयो । पाल्पा दरबार पुरानै मोडलमा पुनःनिर्माण भएपछि पाल्पा दरबार अवलोकन गर्न बढी जिज्ञासु बनेको पाइन्छ । 

राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार २०६२ माघ १८ माओवादी आक्रमणबाट ध्वस्त भएको थियो । ध्वस्त दरबार निर्माणकार्य पूरा भएपछि पनि पर्यटक दरबार अवलोकन गर्नबाट वञ्चित हुँदै आउनुपरेको स्थानीयको भनाइ रहेको छ । 

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको दरबार अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । आक्रमण अघि पाल्पा दरबारमा प्रशासनिक कार्य हुँदै आएकोमा दरबार पुनःनिर्माणपछि प्रयोगविहीन अवस्थामा रहेको थियो । 

विसं २०६४ असार ३१ देखि निर्माण कार्य सुरु गरेर २०७० भदौ २० गते निर्माण काम सम्पन्न दरबारलाई सङ्ग्रहालय बनाउने निर्णय गरेपछि पाल्पा दरबारको महत्व अझै बढेको हो । 

जङ्गबहादुर राणाका भाई वद्रीनरसिंहले विसं १९११ देखि १९३० को अवधिमा निर्माण गरेको हुनसक्ने अनुमान छ । सिंहदरबारको मोडलमा बनाएको दरबार भत्केपछि प्रताप शमशेरले १९८२ मा पुनःनिर्माण थालनी गरी १९८२ मा दरबारको निर्माण काम पूरा गरेको ऐतिहासिक तथ्य भेटिएको छ । 

पाल्पा दरबारको भुइँतलामा १३ कोठा, एक शौचालय, दुई झ्याल पहिलो तलामा १३ कोठा, एक शौचालय, दोस्रो तलामा १५ कोठा र दुई शौचालयको दरबार पुरानै मोडलमा पुनःनिर्माण भएकोले पनि यसको महत्व रहेको सङ्ग्रहालयका प्रमुख विष्णु खनालले बताउनुभयो । 

गत वर्षको माघ ३ गते पाल्पा दरबारमा सङ्ग्रहालयको कार्यालय रहेपछि जिल्ला आएका पर्यटक दरबारभित्र प्रवेश गर्न थालेपछि चहलपहल पनि बढेको प्रमुख खनालले बताउनुभयो । 

सङ्ग्रहालयको कार्यालय स्थापना भएपछि सङ्ग्रहालयले प्रवेश शुल्क भने उठाएको छैन । पाल्पाको पर्यटकीय स्थल, जात्रा आदिबारे पाल्पाको चिनारीका लागि ५२ इन्चको टिभी जडान गरिए पनि सोको प्रयोगमा आउन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से