कृष्ण दर्नाल/पाल्पा, १८ असोज । ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण दर्नाल/पाल्पा, १८ असोज । ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षे"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पाल्पा दरबार सङ्ग्रहालय’ पर्यटक आकर्षणको केन्द्र

१८ आश्विन २०७३, मंगलवार ०६:०४

कृष्ण दर्नाल/पाल्पा, १८ असोज । ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षेत्रको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । 

‘पाल्पा दरबार सङ्ग्रहालय’ मा सङ्ग्रहणीय सामग्री नभएपछि दैनिक ३० देखि ५० को हाराहारीमा पर्यटकले अवलोकन गर्दै आएको पाल्पा दरबारमा सङ्ग्रहालयका प्रमुख विष्णु खनालले बताउनुभयो । पाल्पा दरबार पुरानै मोडलमा पुनःनिर्माण भएपछि पाल्पा दरबार अवलोकन गर्न बढी जिज्ञासु बनेको पाइन्छ । 

राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार २०६२ माघ १८ माओवादी आक्रमणबाट ध्वस्त भएको थियो । ध्वस्त दरबार निर्माणकार्य पूरा भएपछि पनि पर्यटक दरबार अवलोकन गर्नबाट वञ्चित हुँदै आउनुपरेको स्थानीयको भनाइ रहेको छ । 

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको दरबार अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । आक्रमण अघि पाल्पा दरबारमा प्रशासनिक कार्य हुँदै आएकोमा दरबार पुनःनिर्माणपछि प्रयोगविहीन अवस्थामा रहेको थियो । 

विसं २०६४ असार ३१ देखि निर्माण कार्य सुरु गरेर २०७० भदौ २० गते निर्माण काम सम्पन्न दरबारलाई सङ्ग्रहालय बनाउने निर्णय गरेपछि पाल्पा दरबारको महत्व अझै बढेको हो । 

जङ्गबहादुर राणाका भाई वद्रीनरसिंहले विसं १९११ देखि १९३० को अवधिमा निर्माण गरेको हुनसक्ने अनुमान छ । सिंहदरबारको मोडलमा बनाएको दरबार भत्केपछि प्रताप शमशेरले १९८२ मा पुनःनिर्माण थालनी गरी १९८२ मा दरबारको निर्माण काम पूरा गरेको ऐतिहासिक तथ्य भेटिएको छ । 

पाल्पा दरबारको भुइँतलामा १३ कोठा, एक शौचालय, दुई झ्याल पहिलो तलामा १३ कोठा, एक शौचालय, दोस्रो तलामा १५ कोठा र दुई शौचालयको दरबार पुरानै मोडलमा पुनःनिर्माण भएकोले पनि यसको महत्व रहेको सङ्ग्रहालयका प्रमुख विष्णु खनालले बताउनुभयो । 

गत वर्षको माघ ३ गते पाल्पा दरबारमा सङ्ग्रहालयको कार्यालय रहेपछि जिल्ला आएका पर्यटक दरबारभित्र प्रवेश गर्न थालेपछि चहलपहल पनि बढेको प्रमुख खनालले बताउनुभयो । 

सङ्ग्रहालयको कार्यालय स्थापना भएपछि सङ्ग्रहालयले प्रवेश शुल्क भने उठाएको छैन । पाल्पाको पर्यटकीय स्थल, जात्रा आदिबारे पाल्पाको चिनारीका लागि ५२ इन्चको टिभी जडान गरिए पनि सोको प्रयोगमा आउन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का