कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । कतारमा रहेका प्रवासी नेपालीले बागलुङको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । कतारमा रहेका प्रवासी नेपालीले बागलुङको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका बाढी पहिरो पिडितलाई प्रवासी नेपालीद्वारा ३ लाख ३३ हजार राहात रकम प्रदान

४ कार्तिक २०७३, बिहीबार ०३:१५


कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । कतारमा रहेका प्रवासी नेपालीले बागलुङको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका परिवारलाई राहात रकम प्रदान गरेका छन् । 

बागलुङ सेवा समाज दोहा कतारको पलहमा संकलन गरिएको ३ लाख ३३ हजार रुपैयाँ राहात प्रदान गरिएको हो ।  १ लाख ४१ हजार रुपैयाँ गत साउनमा आएको बाढीबाट घरबार विहिन बनेका दुर्गम बुर्तिबाङ क्षेत्रका बाढि पहिरो प्रभावित ८१ घर परिवारलाई प्रदान गरिएको छ ।

समाजका अध्यक्ष चन्द्रकान्त शर्मा र सल्लाहकार संयोजक बालसिंह परियारले घरवार विहिन बनेका ग्वालीचौर–८ खालका ५ परिवारलाई जनहि ४ हजार र अधिकारीचौरको विभिन्न बडाका ७६ परिवारलाई जनहि १ हजार ६ सय रुपैयाँ राहात रकम प्रभावित क्षेत्रमै पुगेर वितरण गर्नुभएको हो । 

समाजका अध्यक्ष चन्द्रकान्त शर्माले दुर्गम गाउँका नागरिकलाई परेको समस्यामा सानो सहयोगले पनि केहि राहत हुने भएकोले जीवन धान्न विदेशिएका साथीहरुबाट एक एक रुपैयाँ गरेर जुटाएको रकम पिडितको घरदैलोमै पुगेर उनिहरुकै हात दिन पाउँदा खुसि लागेको बताउनुभयो । 

त्यस्तै दुवै मृगौला गुमाएका खुङगाका मनबहादुर विकलाई ३० हजार र  मजदुरी गर्दा ढुङ्गाले लागेर दुवै आँखाको ज्योति गुमाएका ताराखोलाका चन्द्रबहादुर दर्जीलाई २० हजार उपचार खर्च सहयोग गरिएको छ । 

धुल्लुबाँस्कोटका १२ घर अग्नीपिडितलाई राहात रकम १ लाख २ हजार र मलेसियामा काम गर्ने क्रममा ज्यान गुमाएका ताराखोलाकै जीतबहादुर घर्तीकी ३ बर्षिया छोरीलाई ४० हजार पढाई खर्च सहयोग गरेको बागलुङ सेवा समाज कतारका सल्लाहकार संयोजक बालसिंह परियारले जानकारी दिनुभएको छ । 


त्यस्तै नमुना राष्ट्रिय बिकाश केन्द्र नेपालले बाढि पहिरो प्रभावित ११ परिवारलाई २ लाख भन्दा बढीको जस्तापाता र लगाउन कपडा प्रदान गरेको छ । गत साउनमा आएको बाढी पहिरोबाट घरबार विहिन बनेका नागरिकलाई छानोमुनि ल्याउन ६५ थान जस्ता र ४ बोरा कपडा प्रदान गरिएको नमुना राष्ट्रिय विकाश केन्द्रका बरिष्ठ उपाध्यक्ष चुडाबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानिय प्रहरी प्रशासनसँग समन्वय गरि ५५ हजारको जस्ता र १ लाख ५० हजार बराबरको लगाउने कपडा गरि २ लाख ५ हजारको राहत सामग्री बितरण गरिएको हो ।

 काठमाण्डौमा रहेका बागलुङबासीबाट संकलन गरिएको सहयोग रकमबाट जस्ता र कपडा खरिद गरि बागलुङ क्षेत्र नम्बर–३ का विभिन्न गाविसका बाढी पहिरो प्रभावितलाई दिर्ईको स्थानिय समन्वयकर्ता कुविर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता