कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । कतारमा रहेका प्रवासी नेपालीले बागलुङको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । कतारमा रहेका प्रवासी नेपालीले बागलुङको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका "/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका बाढी पहिरो पिडितलाई प्रवासी नेपालीद्वारा ३ लाख ३३ हजार राहात रकम प्रदान

२०७३, ४ कार्तिक बिहीबार ०३:१५


कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । कतारमा रहेका प्रवासी नेपालीले बागलुङको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका परिवारलाई राहात रकम प्रदान गरेका छन् । 

बागलुङ सेवा समाज दोहा कतारको पलहमा संकलन गरिएको ३ लाख ३३ हजार रुपैयाँ राहात प्रदान गरिएको हो ।  १ लाख ४१ हजार रुपैयाँ गत साउनमा आएको बाढीबाट घरबार विहिन बनेका दुर्गम बुर्तिबाङ क्षेत्रका बाढि पहिरो प्रभावित ८१ घर परिवारलाई प्रदान गरिएको छ ।

समाजका अध्यक्ष चन्द्रकान्त शर्मा र सल्लाहकार संयोजक बालसिंह परियारले घरवार विहिन बनेका ग्वालीचौर–८ खालका ५ परिवारलाई जनहि ४ हजार र अधिकारीचौरको विभिन्न बडाका ७६ परिवारलाई जनहि १ हजार ६ सय रुपैयाँ राहात रकम प्रभावित क्षेत्रमै पुगेर वितरण गर्नुभएको हो । 

समाजका अध्यक्ष चन्द्रकान्त शर्माले दुर्गम गाउँका नागरिकलाई परेको समस्यामा सानो सहयोगले पनि केहि राहत हुने भएकोले जीवन धान्न विदेशिएका साथीहरुबाट एक एक रुपैयाँ गरेर जुटाएको रकम पिडितको घरदैलोमै पुगेर उनिहरुकै हात दिन पाउँदा खुसि लागेको बताउनुभयो । 

त्यस्तै दुवै मृगौला गुमाएका खुङगाका मनबहादुर विकलाई ३० हजार र  मजदुरी गर्दा ढुङ्गाले लागेर दुवै आँखाको ज्योति गुमाएका ताराखोलाका चन्द्रबहादुर दर्जीलाई २० हजार उपचार खर्च सहयोग गरिएको छ । 

धुल्लुबाँस्कोटका १२ घर अग्नीपिडितलाई राहात रकम १ लाख २ हजार र मलेसियामा काम गर्ने क्रममा ज्यान गुमाएका ताराखोलाकै जीतबहादुर घर्तीकी ३ बर्षिया छोरीलाई ४० हजार पढाई खर्च सहयोग गरेको बागलुङ सेवा समाज कतारका सल्लाहकार संयोजक बालसिंह परियारले जानकारी दिनुभएको छ । 


त्यस्तै नमुना राष्ट्रिय बिकाश केन्द्र नेपालले बाढि पहिरो प्रभावित ११ परिवारलाई २ लाख भन्दा बढीको जस्तापाता र लगाउन कपडा प्रदान गरेको छ । गत साउनमा आएको बाढी पहिरोबाट घरबार विहिन बनेका नागरिकलाई छानोमुनि ल्याउन ६५ थान जस्ता र ४ बोरा कपडा प्रदान गरिएको नमुना राष्ट्रिय विकाश केन्द्रका बरिष्ठ उपाध्यक्ष चुडाबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानिय प्रहरी प्रशासनसँग समन्वय गरि ५५ हजारको जस्ता र १ लाख ५० हजार बराबरको लगाउने कपडा गरि २ लाख ५ हजारको राहत सामग्री बितरण गरिएको हो ।

 काठमाण्डौमा रहेका बागलुङबासीबाट संकलन गरिएको सहयोग रकमबाट जस्ता र कपडा खरिद गरि बागलुङ क्षेत्र नम्बर–३ का विभिन्न गाविसका बाढी पहिरो प्रभावितलाई दिर्ईको स्थानिय समन्वयकर्ता कुविर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन