डिल्लीराज रावत/कात्तिक ५, सल्यान । एउटा मान्छेले ३ मिनेटमा कति धान काट्ला ? यसको सहि उत्तर ७ मुठा, ८ मुठा वा बढि भए १० मुठा होला । तर एउटै मान्छेले ३ मिनेटम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डिल्लीराज रावत/कात्तिक ५, सल्यान । एउटा मान्छेले ३ मिनेटमा कति धान काट्ला ? यसको सहि उत्तर ७ मुठा, ८ मुठा वा बढि भए १० मुठा होला । तर एउटै मान्छेले ३ मिनेटम"/>

2026-09-08 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

मेसीनले धान काट्दा सल्यान गरि जिउलाका किसान अचम्मित


डिल्लीराज रावत/कात्तिक ५, सल्यान । एउटा मान्छेले ३ मिनेटमा कति धान काट्ला ? यसको सहि उत्तर ७ मुठा, ८ मुठा वा बढि भए १० मुठा होला । तर एउटै मान्छेले ३ मिनेटमा ठुलै बारी सक्यो । सुन्दा अच्चम लाग्छ तर तपाइ अचम्म नपर्नुहोला । 

सल्यानको शारदा नगरपालिका १३ मा रहेको धानका लागि प्रख्यात मानिने गरिजिउला फाँटमा शुक्रबार मेसिनको प्रयोग गरि धान काटिएको छ । मेशिनको प्रयोग गरे पछि स्थानियहरु मुखामुख गरि भन्दैथिए- एउटा मान्छेले सयौं मान्छेले गर्ने काम गर्न सक्दो हरेछ । अव त यसको प्रयोग गर्नुपर्छ कि क्या हो । 

सल्यानमा यो प्रविधि भने कुनै किसानले ल्याएका हैनन तर किसानकै लागि प्रविधि ल्याइएको हो । किसानलाई उन्नत प्रविधिको बारेमा जानकारी दिनेगरि सल्यान र दाङ्गमा संचालित सिमित इन्टरनेशनल अन्तरगत सिसा परियोजनाले यो काम गरेको हो । 

गत मार्च देखि दुई जिल्लामा कार्यक्षेत्र हुनेगरी संचालनमा आएको परियोजनाले किसानलाई आफ्नो परियोजनाले अनुदान नदिएपनि किसानलाई प्रविधिका बारेमा जानकारी गराउने र उनिहरुलाई विभिन्न प्रविधि संचालन गरेर उत्पादन बढाउने सम्बन्धि तालिम दिने संस्थाका बालिविज्ञ हिमालय सुवेदिले जानकारी दिएका छन । 

धान काट्न मात्रै हैन गहुँ काट्न पनि यो मेशिनको प्रयोग हुने र मान्छेले राखेको जस्तो गरी मेसिनले एकैतिर फर्काएर राख्ने भएकाले यसतर्फ किसानहरु आकर्षित बनेका छन । उनिहरुले प्रविधिको उच्च प्रयोग गरी उत्पादनका लागि जिल्ला कृषि विकास कार्यालयले पनि सहयोग गर्ने भन्दै त्यसको लागि पहल गरेर पहाडमा रहेको फाँटमा घरघरमा नभएपनि टोलटोलमा यस्ता प्रविधि भित्रनुपर्ने बताएका थिए । 

अहिले मान्छेहरु शहरतिर बाहिरिने, बरु विदेश गएर रकम कमाउने तर कृषि पेशामा मन नगर्ने भएकाले उत्पादन योग्य जमिन बाँझो हुदै गएको भन्दै छायाक्षेत्रको लान्ती बजारमा डेरी संचालन गरिरहेका लोकराज भण्डारीले यो बेला यस्ता प्रविधिले महत्वपूर्ण काम दिने अवका कृषकले यस्ता प्रविधिको प्रयोग गरे उनिहरु सफल कृष बन्न सक्ने बताउछन । 

धान काट्ने समयमा यसको जानकारी दिनलाई रिपर मेसिन ल्याएको बताउने संस्थाका हिमालय सुवेदीले आफुहरु विउ रोप्ने, छर्ने, मिर्ने मेशिनहरुका बारेमा किसानका बारिमा नै गएर जानकारी गराउने र किसानले किनेका सामाग्रिहरु केहि विग्रीएमा कार्यक्रमले सहयोग गर्ने भन्दै आफुले कुनै अनुदान नदिएपनि किसानलाई उनिहरुले प्रयोगमा ल्याएका प्रविधिको मर्मतमा सहयोग  दिने बताएका छन । 

अव यो प्रविधिको बारेमो सल्यानको कालिमाटी रामपुरमा पनि जानकारी गराउने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ