सरुवा भई जानेबेलामा पीडितहरुलाई राहत दिएर जान पाउदा आफुलाई ठुलै पुण्य गरेजस्तो महशुस भएको जिल्ला वन अधिकृत केदार बरालको भनाई

नरी बडु, कात्र्तिक ८ बैतडी ।
जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरुवा भई जानेबेलामा पीडितहरुलाई राहत दिएर जान पाउदा आफुलाई ठुलै पुण्य गरेजस्तो महशुस भएको जिल्ला वन अधिकृत केदार बरालको भनाई

नरी बडु, कात्र्तिक ८ बैतडी ।
जिल्"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

चितुवा आक्रमणबाट पीडितलाई राहत हस्तान्त्रण

२०७३, ८ कार्तिक सोमबार १२:१०

सरुवा भई जानेबेलामा पीडितहरुलाई राहत दिएर जान पाउदा आफुलाई ठुलै पुण्य गरेजस्तो महशुस भएको जिल्ला वन अधिकृत केदार बरालको भनाई

नरी बडु, कात्र्तिक ८ बैतडी ।
जिल्लाको तल्लोस्वराड क्षेत्रको उदयदेव गाविसमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका दुई परिवारलाई जिल्ला वन कार्यालय बैतडीले राहत हस्तान्त्रण गरेको छ ।  

 सरकारले बन कार्यालयमार्फत बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेलाई ५ लाख सम्म राहत तथा क्षतिपुर्ति दिने प्रावधान अनुसार जिल्ला वन अधिकृत केदार बरालले सोमबार उदयदेव २ का हिरा चन्द र उदयदेव ९ का हिरा चन्दलाई ५/५ लाखको चेक हस्तान्तरण गरेका हुन ।

    

गत भदौ पहिलो र दोस्रो साता उदयदेव ९ मकैलमा ७ बर्षिया अञ्जली चन्द र सोहि गाविसको वडा नं. ४ कफाडीमा ४ बर्षिया चञ्चला चन्दको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

पीडित दुवै परिवारलाई २० वाटको सोलार सेट समेत दिएको छ । अध्यारोका कारण राती चितुवाले आक्रमण गर्दै आएको भन्दै बन कार्यालय अन्तरगत संचालित कैलाश पबित्र भूपरिधि कार्यक्रम अन्तरगत सोलार बत्ति जिल्ला वन अधिकृत केदार बरालले बताउनुभयो ।

गतबर्ष तल्लोस्वराड क्षेत्रका २१ घरलाई सोलार प्यानल वितरण्ँ गरेको हो । गतबर् बन्यजन्तु क्षेत्रका बिशेषज्ञ टोलीले प्रभावित क्षेत्रमा गरेको अध्ययनबाट बिजुली बत्तिको अभाव र अध्यारोका कारण चितुवा आक्रमण बनेको तथ्य निकालेको थियो ।

चितुवाको आहारा मृग, रतुला, घोरल लगायतका जन्तुको चोरी शिकार बढेपछि चितुवा बैकल्पिक आहाराको खोजीमा मानव हिंस्रक बनेको वनकर्मीहरु बताउछन् ।  



जिल्ला वन अधिकृत केदार बरालको बैतडीबाट पोखरा सरुवा भैसकेको छ । सरुवा भएपनि जानेबेलामा पीडितहरुलाई राहत दिएर जान पाउदा आफुलाई ठुलै पुण्य गरेजस्तो महशुस भएको बरालको भनाई छ ।

क्याप्सन १ : चितुवाको आक्रमणबाट सन्तान गुमाएका परिवारलाई चेक हस्तान्त्रण गर्दै जिल्ला वन अधिकृत केदार बराल
क्याप्सन २ : चितुवाको आक्रमणबाट सन्तान गुमाएका परिवारलाई राहात वितरण गरेपछि सामुहिक पोटो सेसल लिदै पिडीत र जिल्ला वन कार्यालयका कर्मचारी
तस्बिर : नरी बडु / साझासवाल अनलाइन


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल