2026-10-17 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया

काठमाडौँ | यहाँस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ । शनिबार जिल्ला अस्पतालमा पहिलो पटक दुई जनाको हर्नियाको सफल शल्यक्रिया गरिएको हो ।

करिब ५८ र ६८ वर्षीय दुई पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले जानकारी दिनुभयो । यसअघि विशेषज्ञ चिकित्सकको अभावमा यो सेवा जिल्ला अस्पतालमा सञ्चालन हुन सकेको थिएन । एमडिजिपी डाक्टर पविन उपाध्याय जिल्ला अस्पतालमा हाजिर भएसँगै सेवा सुरु भएको सूचना अधिकारी पन्तले बताउनुभयो ।

आज पनि ४० वर्षीय एक पुरुषको हर्नियाको शल्यक्रिया गरिन लागिएको अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक र डडेल्धुरा अस्पतालको समन्वयमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले जानकारी दिनुभयो ।

डडेल्धुरा अस्पतालले पनि बैतडीमा उपलब्ध नभएका सर्जरी सामग्रीलगायत आवश्यकताअनुसार चिकित्सकलाई हप्ताको एक दिन खटाउने गरेको सूचना अधिककारी पन्तले जानकारी दिनुभयो । यसले गर्दा पनि जिल्लामा विशेषज्ञ सेवा प्रदान गर्न सहज भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु