कविता उपाध्याय/मङ्सिर ६, रोल्पा । जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा आमाले गरेको अपराधको सजाय भोगिरहेका दुई नाबालकले मुक्ति पाएका छन् । नेपाल बाल स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/मङ्सिर ६, रोल्पा । जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा आमाले गरेको अपराधको सजाय भोगिरहेका दुई नाबालकले मुक्ति पाएका छन् । नेपाल बाल स"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रोल्पा बन्दी गृहमा रहेका दुई नाबालकले मुक्ति पाए

२०७३, ६ मंसिर सोमबार १०:४५


कविता उपाध्याय/मङ्सिर ६, रोल्पा । जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा आमाले गरेको अपराधको सजाय भोगिरहेका दुई नाबालकले मुक्ति पाएका छन् । नेपाल बाल सङ्गठन कपिलवस्तु बालगृह तौलिहवाले आज उनीहरुलाई जेलजीवनबाट मुक्ति दिलाएको हो । 

यसरी बन्दीगृहबाट छुटकारा पाउनेमा महत–५ रुकुमका साढे तीन वर्षका शक्तिमान पुन र इरिबाङ–३ रोल्पाका तीन वर्षका हुकुम पुन रहेका छन् । आमा थुनामा परेपछि घरमा संरक्षण गर्ने कोही नहुँदा उनीहरु आमासँगै बन्दीगृहमा बस्दै आएका थिए । 

यसैगरी, बन्दीगृहमै रहेका अन्य दुई बालिकालाई पनि बालविकास केन्द्र बूढानीलकण्ठ काठमाडाँैले केही दिनमै आफ्नो संरक्षणमा पालनपोषण गर्न लैजान सहमति जनाएको महिला तथा बालबालिका कार्यालय रोल्पाका महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ती बालिकालाई शीघ्र पठाउने तयारी भइरहेको छ । 

गत कात्तिक २८ गते राससमार्फत विभिन्न माध्यममा ‘पढ्ने उमेरमा जेल बस्न बाध्य छन् बालबालिका’ शीर्षकको समाचार सम्प्रेषण भएपछि आफ्नो ध्यानाकर्षण भएको बालगृह प्रमुख रामप्रसाद अर्यालले जानकारी दिनुभयो । यसरी राससमार्फत समाचार सार्वजनिक भएपछि अर्याल जिल्लामा आई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, महिला विकास अधिकृत लोकेन्द्रा आचार्य, जिल्ला बालकल्याण समिति रोल्पाका बालअधिकार अधिकृत गोकर्णप्रसाद पुन तथा जिल्ला कारागार कार्यालय रोल्पासँग समन्वय गरी ती बालकलाई आज बिहान कपिलवस्तुस्थित बालगृहमा लैजानुभएको हो । बालगृहमा हाल बालिकालाई राख्ने व्यवस्था नभएको हुँदा दुई बालकलाई मात्र आफूले लैजान लागेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार बालगृहले बालबालिकाको सर्वाङ्गीण विकास गर्ने, उनीहरुलाई सक्षम र नैतिकवान्् बनाउन विभिन्न बाल उपयोगी कार्यक्रम सञ्चालन गर्ने, बालबालिकाको शारिरीक र बौद्धिक विकासका लागि आवश्यक वातावरण र अवसर प्रदान गर्ने, टुहुरा, अनाथ, असहाय तथा जोखिममा परेका बालबालिकालाई संरक्षणमा लिई लालनपालन तथा शिक्षाको व्यवस्था मिलाउने जस्ता विविध काम सञ्चालन गर्दै आएको छ । 

बालगृहले सशस्त्र द्वन्द्वको अवस्थामा आर्थिक सङ्कट झेलेका र अभिभावक गुमाएका रोल्पाका ११ जना बालबालिकालाई यसअघि आफ्नो संरक्षणमा राखिसकेको उहाँले जानकारी दिनुभयो । 

बालगृह प्रमुख अर्यालले रासस संवाददातासँग भन्नुभयो, “त्यहाँ रहेका बालबालिकाले बाध्यताले पनि खुसी छौँ भन्न सक्छन् तर हामीले कस्तो सेवा दिन्छौँ भन्ने बुझ्न तपाईंहरुले बालगृहबाट पुनःस्थापन भइसकेका बालबालिकालाई सोधपुछ गर्न सक्नुहुनेछ ।” 

यसरी दुई बालक बालगृहमा लगिएको विषयमा प्रजिअ शर्मा सञ्चारमाध्यम र सञ्चारकर्मीले सकारात्मक भूमिका निर्वाह गरेका कारण शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित बालकले सुअवसर प्राप्त गर्न सफल भएको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाका अध्यक्ष महेश न्यौपानेले भन्नुभयो, “समाजमा जनमानसमा पत्रकारले नकारात्मक समाचार मात्रै सम्प्रेषण गर्छन् भन्ने जुन बुझाइ छ त्यसलाई पत्रकारको कलमले चिर्न सफल भएको छ ।” रासस (.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन