सास/माघ ११, अर्घाखाँची । जिल्लामा पुस २८ गते देखि माघ १० गते सञ्चालनमा आएको अर्घाखाँची औद्योगिक व्यापारिक, साँस्कृतिक, कृषि, पर्यटन महोत्सवमा १२ करोडको कारो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास/माघ ११, अर्घाखाँची । जिल्लामा पुस २८ गते देखि माघ १० गते सञ्चालनमा आएको अर्घाखाँची औद्योगिक व्यापारिक, साँस्कृतिक, कृषि, पर्यटन महोत्सवमा १२ करोडको कारो"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँची महोत्सवमा १२ करोडको कारोबार

२०७३, ११ माघ मंगलवार ११:२६


सास/माघ ११, अर्घाखाँची । जिल्लामा पुस २८ गते देखि माघ १० गते सञ्चालनमा आएको अर्घाखाँची औद्योगिक व्यापारिक, साँस्कृतिक, कृषि, पर्यटन महोत्सवमा १२ करोडको कारोवार भएको छ । 

सहारा शान्ति सामुदायिक विकास क्लव अर्घाखाँची र औद्योतिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा महोत्सव सञ्चालनमा आएको थियो । महोत्सवमा १ सय ९० ओटा स्टल राखिएको थियो । १० ओटा स्टलमा जिल्लाको पहिचान झल्कने खालका बस्तु तथा बालीहरु प्रदर्शनमा राखिएको थियो । 

महोत्सवमा बढि मात्रामा कपडाको कारोबार भएको छ । जाडो समयमा प्रयोगमा आउने सिरक डस्ना, व्लाङकेट ज्याकेटको कारोवार अत्यधिक मात्रामा भएको थियो । मेलामा ढाकाका कपडाको पनि राम्रो कारोवार भएको छ । महोत्सवमा टिकटबाट मात्र करिव ७० लाख संकलन भएको छ ।

महोत्सवमा दुई लाख दर्शकले अवलोकन गरेका मूल आयोजक समितिका सहसंयोजक कविराम खनालले जानकारी दिए । महोत्सव अबलोकन गर्न छिमेकी जिल्ला गुल्मी, प्यूठान र पाल्पाबाट समेत दर्शकहरु आएका थिए । मेलामा सञ्चालनमा ल्याइएका विभिन्न मनोरञ्जनात्मक खेलहरुबाट पनि प्रशस्तै आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ । 

महोत्सव सुरु भएको पहिलो दिन देखि नै दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सोमबार एक कार्यक्रमका बीच महोत्सवको समापन गरिएको छ । औद्योगिक शान्ति संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवमा सोँचे भन्दा राम्रो प्रतिफल हासिल गर्न सफल भएको बताए । उनले आफ्नो संस्थाले देशका विभिन्न ठाउँहरुमा गएर महोत्सव सञ्चालन गरिरहेको जानकारी दिँदै जिल्लावासीको यस्तै सहयोग रहेमा आगामी वर्ष पनि महोत्सव सञ्चालन गर्ने बताए ।

मूल आयोजक समितिका संयोजक गोविन्द भुसालले मेलामा सुलभ दरमा वस्तुहरु किन्न पाइएकोमा दर्शकहरुको भिड बढेको बताए । ‘स्थानीय बस्तुको प्रवद्र्धन हुनुका साथै पर्यटन क्षेत्रको समेत विकास भएको महसुस गरेका छौं’ उनले भने । 

समापन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले मेलारमहोत्सवले पर्यटन प्रवद्र्धनका साथै स्थानीय बस्तुको पहिचान उजार गर्ने भएकाले यस्ता खालका महोत्वसको आवश्यकता रहेको बताए । स्थानिय विकास अधिकारी प्रदिप पौडेलले महोत्सवमा अझै अर्घाखाँचीमा उत्पादन भएका सामाग्रीलाई प्रदशनीमा ल्याएर अर्घाखाँचीको पहिचान झल्काउनु पर्ने  बताउनुभयो ।

पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, मूल आयोजक समितिका सदस्यहरु नारायण खत्री, गोविन्द आचार्यले महोत्सव आर्थिक सामाजिक र साँस्कृतिक हिसावले मेला सफल भएको बताए । मेलामा लोक, आधुनिक पप, हास्य व्यङग्य र फिल्मी क्षेत्रका कलाकारहरुले प्रस्तुती दिएका थिए । ४० रुपैयाँको टिकट काटेर मेलाको अवलोकन गरेका थिए । विद्यार्थी र बृद्धवृद्धाका लागि ३० रुपैयाँको टिकटको व्यवस्था मिलाइएको थियो । समापन समारोहमा गायन तथा नृत्यका विजेतालाई पुरस्कृत गरिएको छ । 

गायन तर्फ नविन कौशल प्रथम, गिता खड्का द्वितिय र कुलेन्द्र विक तृतिय भएका छन् । यस्तै नृत्यमा आशिष जिएम प्रथम, रिसव भट्टराई द्वितिय र सुष्मा विसी तृतिय भइन । बिजेतालाई नगद प्रमाण पत्रले पुरस्कृत गरियो । महोत्सव सम्पन्न गर्न भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह