पूर्णबहादुर खड्का/माघ १९, अछाम । अछाम तथा यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा अतुलनिय परिवर्तनका लागी अनवरत क्रियाशिल रहेको भन्दै जेसिज अछामले न्याय हेल्थ न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णबहादुर खड्का/माघ १९, अछाम । अछाम तथा यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा अतुलनिय परिवर्तनका लागी अनवरत क्रियाशिल रहेको भन्दै जेसिज अछामले न्याय हेल्थ न"/>

१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेको भन्दै जेसिजद्धारा बयालपाटा अस्पताल सम्मानित

१९ माघ २०७३, बुधबार ११:३६


पूर्णबहादुर खड्का/माघ १९, अछाम । अछाम तथा यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा अतुलनिय परिवर्तनका लागी अनवरत क्रियाशिल रहेको भन्दै जेसिज अछामले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालाई सम्मान गरेको छ । 

अछाम जेसिजको आज सम्पन्न पदस्थापन तथा पुरुस्कार बितरण कार्यक्रममा अस्पतालले आफ्नो स्थापना काल देखी नै यस क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा दिदैँ उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको हो । 

नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री भिम रावलले अस्पतालका मेडिकल निर्देशक बिकाश गौचनलाई उक्त कार्यक्रममा सम्मान पत्र सहित मायाको चिनो प्रदान गर्नुभएको थियो । सम्मान प्रदान गर्दै रावलले भन्नुभयो अस्पतालले स्वास्थ्यको क्षेत्रमा एकदमै उल्लेखनिय काम गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा पनी प्रभावकारी सेवा प्रदान गर्न सुझाब दिनुभएको थियो ।


 कार्यक्रममा जेसिजका बर्तमान अध्यक्ष प्रेम थापाले अछाम आई प्रभावकारी सेवा दिन महत्वपूर्ण भुमिका निवार्ह गर्नु भएको भन्दै अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचनलाई खाँदा तथा अविरले समेत सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा डाक्टर गौचनले आफुलाई दुर्गम क्षेत्रमा बसेर काम गर्ने रहर भएको भन्दै यस क्षेत्रका जनताको स्वास्थ्यमा सुधार ल्याउन सधैँ लागीपर्ने धारणा राख्नु भएको थियो । यूवाहरुको व्यक्तीत्व, नेतृत्व विकासका साथै सोचमा सकरात्मक परिर्वतन गराई सामाजिक सेवमा अभिप्रेरित गराउने उद्देश्यले स्थापना भएको अछाम जेसिजले २०१७ का लागी निर्वाचित पदाधिकारीलाई सपथ गराई पदस्थापन गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा नक्कली प्रहरी पक्राउ भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’ अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल