2026-09-18 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको रामारोशनमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध

काठमाडौँ | अछाम जिल्लाको रामारोशन गाउँपालिका–५ सैनि रसुबे स्थित शान्तडा–रामारोशन भित्री कच्ची सडक खण्डमा आज बिहान सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

स्थानीयवासीको अनुसार बिहान करिब ४ः१५ बजे सडक माथिबाट सुख्खा पहिरो खस्दा करिब २५ मिटर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण सवारी आवागमनमा अवरोध उत्पन्न भएपछि स्थानीयले बिहान ८:०० बजे अस्थायी प्रहरी चौकी चौतारामा टेलिफोनमार्फत जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी चौताराबाट प्रहरी सहायक निरीक्षक चन्द्र सिंह पालीको कमान्डमा तीन जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

हाल अवरोध हटाउने कार्य स्थानीय तहसँग समन्वय गर्दै अघि बढाइएको र सडक यथाशक्य चाँडो सुचारु गरिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई