कविता उपाध्याय/फागुन २, रोल्पा । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/फागुन २, रोल्पा । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

योग्यता स्नातक भएपनि रोल्पाका एक युवाले कपाल काटेरै कमाउँछन् महिनाको ५० हजार

२ फाल्गुन २०७३, सोमबार ०८:१८


कविता उपाध्याय/फागुन २, रोल्पा । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा अङ्गाल्दै आउनुभएको छ । 

स्थायी ठेगाना बागमारे–१ दाङ भएका वलीले सरस्वती प्रावि बागमारे दाङबाट अक्षर आरम्भ गरेको भएपनि करिव पाँच वर्ष पहिले मात्रै पद्मोदय पब्लिक उच्च मावि भरतपुर दाङबाट स्नातक उत्तीर्ण गर्नुभएको हो । 

वलीले केही वर्ष यता रोल्पामा हेयर कटिङ सञ्चालन गर्दै आउनुभएको छ । एकाबिहानै होस् वा राति अबेरसम्म, उहाँको पसलमा सेवाग्राहीको बाक्लो भीड देख्न सकिन्छ । मीठो बोली र सुमधुर मुस्कानले ग्राहकलाई हरपल स्वागत गर्ने वलीले खासखास समयमा मासिक रु. ५० हजारभन्दा बढी आम्दानी गर्नुहुन्छ । अन्य समयमा पनि मासिक ३० हजारभन्दा बढी नै आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । 

सामान्य परिवारमा जन्मिएका वलीको बाल्यकाल सुखद् नै रह्यो । परिवारको कान्छो सदस्य भएकै कारण सबैबाट माया ममता पाएका वलीलाई सानैदेखि स्वाबलम्बी बन्ने रहर थियो । 

वलीले परिवारको करकापमा तीन पटक जति सरकारी विद्यालयमा रिक्त रहेको शिक्षक पदका लागि आवेदन दिनुभयो र परीक्षामा सहभागी हुनुभयो तर सफल हुन सक्नुभएन । त्यसपछि असफलताको तीतो अनुभूति बोकेर २०६६ सालतिर काठमाडौँ हानिनुभयो । 

आफ्नो बाल्यकालको स्मरण गर्दै वलीले भन्नुभयो – “म पढाइमा पनि त्यति नराम्रो थिइनँ । विद्यालय उमेरदेखि नै प्रायःजसो द्वितीय वा तृतीय स्थानमा आउँथे । तर पढाइमा राम्रो भएरमात्र जागिर खान नसकिने भएपछि काठमाडाँै गएँ ।” यसरी साथीभाइ कसैलाई कुनै किसिमको जानकारी नै नदिई घरपरिवारको सल्लाहमा सुटुक्क काठमाडौँ पुगेका वलीले निरन्तर छ महिनासम्म काठमाडौँको सल्मान हेयर कटिङ सेन्टरमा कपाल काट्ने र मसाज गर्ने तालिम लिनुभयो । वलीका अनुसार त्यो समयको सबैभन्दा सजिलो पेसा हेयर कटिङ थियो र यो पेसा अपनाउनु रहरभन्दा पनि बाध्यता थियो । 

परिवारमा कसैले पनि नगरेको काम भएको हुँदा उहाँले सुरुसुरुका दिनमा निकै कष्ट झेल्नुप¥यो । एकजना काठमाडौँका ठूलो व्यापारीको दाह्री र अर्का एक सरकारी कर्मचारीको कपाल काट्दा बिग्रियो र दुबै जना बेस्सरी रिसाएको उहाँको मानसपलटमा अझै ताजै छ । 

यसरी करिव छ महिनासम्म सिप सिकेका वलीले काम गरेको ५० प्रतिशत रकमबाट करिव सात महिनामा ५० हजार जति रकम बचत गरेर दाङ फर्कनुभयो र आफन्तबाट ३० हजार सहयोग लिएर कुल ८० हजारमा दाङमा आफ्नै सैलुन सुरु गर्नभयो । 

केही महिना दाङमा व्यवसाय गरेका वलीलाई शुभचिन्तकले रोल्पामा जान सल्लाह दिए । सोही अनुरुप उहाँ २०६७ सालतिर रोल्पा लाग्नुभयो । पहिलो पटक प्रमुख जिल्ला अधिकारी आफ्नो पसलमा कपाल काट्न आउँदा आफुलाई निकै खुसीको अनुभूति भएको उहाँ स्मरण गर्नुहुन्छ । 

मन, वचन र कर्मले कटिबद्ध बन्न सके स्वदेशमै रोजगार पाउन सकिने उहाँको धारणा छ । बर्सेनि लाखौँ युवा रोजगारीका लागि खाडी मुलुक धाइरहेका बेला वली एक उदाहरणीय पात्र बनेर रोल्पा जस्ता विकट ठाउँमा काम गरिरहनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन