सन्तोष जिएम/फागुन ११, सल्यान । सल्यान छायाँछेत्रमा यो वर्ष पनि महा शिवरात्रीको दिन ठूलो मेला लाग्ने भएको छ । 

सत्य युगमा महादेवले सतीदेवीको म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोष जिएम/फागुन ११, सल्यान । सल्यान छायाँछेत्रमा यो वर्ष पनि महा शिवरात्रीको दिन ठूलो मेला लाग्ने भएको छ । 

सत्य युगमा महादेवले सतीदेवीको म"/>

2026-06-25 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

छत्रेश्वरि सतिपिठ सल्यानमा शिवरात्रीका दिन ६० हजारले दर्शन गर्ने अपेक्षा

2017-02-22


सन्तोष जिएम/फागुन ११, सल्यान । सल्यान छायाँछेत्रमा यो वर्ष पनि महा शिवरात्रीको दिन ठूलो मेला लाग्ने भएको छ । 

सत्य युगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतिदेवीको अन्तिम अंग पतन भएको छाँयाक्षेत्र धार्मिक पर्यटनको गन्तव्य मानिन्छ । जुन सल्यानको छाँयाक्षेत्र १ मा अवस्थीत छ ।

छायाँक्षेत्रमा प्रत्येक वर्ष शिवरात्रीका दिन पुजा अर्चना, भजनकृतन, दर्शन संगै ठूलो मेला लाग्ने गर्दछ । यस वर्ष पनि पर्सि शुक्रबार पर्ने महाशिवरात्रीको अवसरमा हुने मेलाको सबै तयारिलाइ अन्तीम चरणमा पु¥याइएको छत्रेश्वरि सतिपिठ क्षेत्र विकास समितीका अध्यक्ष प्रेम बहादुर भण्डारीले जानकारि दिएका छन् ।

उनका अनुसार यसपाली महाशिवरात्रीको अघिल्लो दिन विहिबार साँझदेखि रातभर भजनकृतन हुने छ । यका लागी राती बास बस्न आउने टाढाटाढाका भक्तजनहरुको लागी निःशुल्क आवास स्थल र भोजनको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले जनाए । साथै भक्तजनहरुलाइ खिर, हलुवा, पुरी जस्ता प्रसादको पनि व्यवस्था गरिएको उनले जनाए । समितीका सल्लाहकार डिल्ली रेग्मीले यो वर्ष महाशिवरात्रीमा करिव ६० हजार बढि दर्शनार्थीहरु छत्रेश्वरि सतीपिठमा आउने अपेक्षा गरे ।

दर्शन गर्न आउनेहरुका लागी मध्यनजर गरेर मन्दिर स्थल सम्म मोटरबाटोको स्तरउन्नती, गाडी पार्किङको व्यवस्था, खानेपानी तथा चिसोबाट बच्न आगो बाल्ने दाउराको समेत प्रवन्ध गरिएको रेग्मीले जनाए ।

दाङ– सल्यान– रुकुम सडकखण्डको घोप्टे अम्राइ भन्ने स्थानबाट करिव साडे ३ किलोमिटरको दुुरीमा अवस्थित छाँयाक्षेत्र मोक्ष प्राप्ति गर्ने पुण्य भूूमि भएको धार्मिक विश्वास छ ।

सत्ययुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतिदेवीको अन्तिम अंग पतन भएको छाँयाक्षेत्रको दर्शन गर्नाले मनले चाहेको पूर्ण हुने जनविश्वास रहेको छ ।

 पौराणिक कथा अनुुसार सतिदेवीको शरीरको पहिलो भाग गुुहेश्वरीमा पतन भएको थियो भने शरीरको अन्तिम भाग सल्यानको छाँयाक्षेत्रमा पतन भएको हो ।

 जहाँ जहाँ अंग पतन भए त्यहाँ सबै पूूण्यभूूमिको रुपमा रहेका र अन्तिम अंग पतन भएको छाँया क्षेत्र मोक्ष प्राप्त गर्ने पूूण्य भूूमि भएको छत्रेश्वरि भगवती मन्दीरका नागाबाबा उमेश गीरीले जनाए ।

 धार्मिक आस्थाको केन्द्र छाँयाक्षेत्रमा काठमाडौं,  बुुटवल र छिमेकी जिल्ला दाङ, रुकुम, रोल्पा, प्युठान, सुर्खेत, बाँके, बर्दिया लगाएतका जिल्लाबाट मानिसहरु आउने गर्दछन् ।

 झण्डै साडे ४ हेक्टर क्षेत्रफलमा फैलिएको छाँयाछेत्र मन्दिर परिसर भित्र पिचेश्वर महादेवको मन्दिर, सतीदेवीको मन्दिर, यज्ञ कुण्ड, धर्मशाला, अखण्ड धुनि घर, गौशाला, प्रतिक्षालय, पुजारि घर, ७ वटा नागा बाबाको समाधी लगाएतका संरचना छन् । र वृद्धाश्रम, सत्संग भवन निर्माणाधिन अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ