दलसिंह गिरी/फागुन ११, कालिकोट । समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस सम्बद्ध तरुण दलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले अबको १० बर्ष भित्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन ११, कालिकोट । समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस सम्बद्ध तरुण दलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले अबको १० बर्ष भित्र"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

समृद्ध कालिकोटका अभियान्ताले पत्रकार माझ खुलासा गरे समृद्धिका सपना

२०७३, ११ फाल्गुन बुधबार १३:३०


दलसिंह गिरी/फागुन ११, कालिकोट । समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस सम्बद्ध तरुण दलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले अबको १० बर्ष भित्र कालिकोटका जनताले साच्चीकै समृद्ध कालिकोट देख्न पाउने बताउनु भएको छ । 

परिवर्तन चाहने कालिकोटका जाग्रुक यूवाहरुले विकासको सम्भाब्यव सहितको सपना देखि यी सपनाहरु साकार पार्न समृद्धिको अभियान अगाडी बढाएकाले अबको दश बर्षमा कालिकोटका जनताले समृद्ध कालिकोट देख्ने पाउने बताउनु भएको हो । 

प्रेस यूनियन द्धारा जिल्ला सदरमुकाम मान्ममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै तरुणदलका महामन्त्री शाहीले कालिकोट विकासको मुल आधारको रुपमा रहेको सडक संजाल र ह्वाईयातायात संग जोडीसकेकाले अब पर्यटकीय क्षेत्रको प्रबर्धन, शिक्षा, स्वास्थ्यको स्तर उन्नती ग्रामिण सडकको विस्तार तथा ब्यवशायिक कृषि प्रणालीको विकासका लागि १० बर्षे भिजन अगाडी बढाएको बताउनु भएको छ । 

आफु काठ्माण्डौं रहदा कालिकोटको विकासको लागि विभिन्न मन्त्रालय तथा निकायसंग गरिएको भेटघाटको प्रशंग उठाउदै शाहीले आफ्नो ब्यक्तिगत स्वार्थको लागि विभिन्न निकायमा धाउने नभै समग्र कालिकोटको विकासको लागि भएकाले समृद्ध कालिकोट अभियानमा सबै कालिकोटवासीको साथ र सहयोग आवश्यकता रहेको बताउनु भएको छ । 

कालिकोटको स्वास्थ्य अवस्थाबारे बताउदै शाहीले कालिकोटको दर्दनाक स्वास्थ्य अवस्थालाई माथि उठाउन यहाका स्वास्थ्य संस्थाहरुको स्तर उन्नती साथै जिल्ला एकमात्र अस्पतालको प्रभावकारी सेवा विकासका लागि समृद्ध कालिकोटकै पहलमा कार्यथालनी भैसकेको बताउनु भएको छ । 

यहि अभियानकै फलस्वरुप दुर्गा फाउण्डेशनको सहयोग र समृद्ध कालिकोटको समन्वयमा यहि फागुन १८ गते जुविथा, १९ गते कालिका र २० गते जिल्ला अस्पतालमा मुटुरोगीहरुका लागि शिविर संचालन हुन लागेको बताउनु भएको छ । 

समृद्ध कालिकोट अभियानमा आफुले अलि बढी भुमिका खेलेकाले कसैलाई यो भुपेन्द्रजंगको मिडियामा छाउने चालबाजिहो भन्ने भ्रम परे पनि यस अभियानमा सम्पूर्ण कालिकोटवासी राजनैतिकदल, नागरिक समाजका अगुवा, बुद्धिजीवी सबैको अहम भूमिका रहेको बताउनु भएको छ । 

प्रेस युनियन कालिकोटका सचिव नमराज योगीको संयोजकत्वमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा कृयाशिल विभिन्न मिडियाका प्रत्रकारहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला