दलसिंह गिरी/फागुन ११, कालिकोट । समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस सम्बद्ध तरुण दलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले अबको १० बर्ष भित्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन ११, कालिकोट । समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस सम्बद्ध तरुण दलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले अबको १० बर्ष भित्र"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

समृद्ध कालिकोटका अभियान्ताले पत्रकार माझ खुलासा गरे समृद्धिका सपना

११ फाल्गुन २०७३, बुधबार १३:३०


दलसिंह गिरी/फागुन ११, कालिकोट । समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस सम्बद्ध तरुण दलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले अबको १० बर्ष भित्र कालिकोटका जनताले साच्चीकै समृद्ध कालिकोट देख्न पाउने बताउनु भएको छ । 

परिवर्तन चाहने कालिकोटका जाग्रुक यूवाहरुले विकासको सम्भाब्यव सहितको सपना देखि यी सपनाहरु साकार पार्न समृद्धिको अभियान अगाडी बढाएकाले अबको दश बर्षमा कालिकोटका जनताले समृद्ध कालिकोट देख्ने पाउने बताउनु भएको हो । 

प्रेस यूनियन द्धारा जिल्ला सदरमुकाम मान्ममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै तरुणदलका महामन्त्री शाहीले कालिकोट विकासको मुल आधारको रुपमा रहेको सडक संजाल र ह्वाईयातायात संग जोडीसकेकाले अब पर्यटकीय क्षेत्रको प्रबर्धन, शिक्षा, स्वास्थ्यको स्तर उन्नती ग्रामिण सडकको विस्तार तथा ब्यवशायिक कृषि प्रणालीको विकासका लागि १० बर्षे भिजन अगाडी बढाएको बताउनु भएको छ । 

आफु काठ्माण्डौं रहदा कालिकोटको विकासको लागि विभिन्न मन्त्रालय तथा निकायसंग गरिएको भेटघाटको प्रशंग उठाउदै शाहीले आफ्नो ब्यक्तिगत स्वार्थको लागि विभिन्न निकायमा धाउने नभै समग्र कालिकोटको विकासको लागि भएकाले समृद्ध कालिकोट अभियानमा सबै कालिकोटवासीको साथ र सहयोग आवश्यकता रहेको बताउनु भएको छ । 

कालिकोटको स्वास्थ्य अवस्थाबारे बताउदै शाहीले कालिकोटको दर्दनाक स्वास्थ्य अवस्थालाई माथि उठाउन यहाका स्वास्थ्य संस्थाहरुको स्तर उन्नती साथै जिल्ला एकमात्र अस्पतालको प्रभावकारी सेवा विकासका लागि समृद्ध कालिकोटकै पहलमा कार्यथालनी भैसकेको बताउनु भएको छ । 

यहि अभियानकै फलस्वरुप दुर्गा फाउण्डेशनको सहयोग र समृद्ध कालिकोटको समन्वयमा यहि फागुन १८ गते जुविथा, १९ गते कालिका र २० गते जिल्ला अस्पतालमा मुटुरोगीहरुका लागि शिविर संचालन हुन लागेको बताउनु भएको छ । 

समृद्ध कालिकोट अभियानमा आफुले अलि बढी भुमिका खेलेकाले कसैलाई यो भुपेन्द्रजंगको मिडियामा छाउने चालबाजिहो भन्ने भ्रम परे पनि यस अभियानमा सम्पूर्ण कालिकोटवासी राजनैतिकदल, नागरिक समाजका अगुवा, बुद्धिजीवी सबैको अहम भूमिका रहेको बताउनु भएको छ । 

प्रेस युनियन कालिकोटका सचिव नमराज योगीको संयोजकत्वमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा कृयाशिल विभिन्न मिडियाका प्रत्रकारहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य