फागुन २१, रोल्पा । नमुना विद्यालय निर्माण अभियानमा लागेको रोल्पा जिनाबाङको सिद्धार्थ माध्यमिक बिद्यालयलाई एनआरएन स्विडेनले दुई कोठे भवन निर्माणमा सहयोग गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २१, रोल्पा । नमुना विद्यालय निर्माण अभियानमा लागेको रोल्पा जिनाबाङको सिद्धार्थ माध्यमिक बिद्यालयलाई एनआरएन स्विडेनले दुई कोठे भवन निर्माणमा सहयोग गर्न"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रोल्पाको नमुना विद्यालय निर्माण अभियानमा एनआरएन स्विडेनको सहयोग

२०७३, २१ फाल्गुन शनिबार १७:११


फागुन २१, रोल्पा । नमुना विद्यालय निर्माण अभियानमा लागेको रोल्पा जिनाबाङको सिद्धार्थ माध्यमिक बिद्यालयलाई एनआरएन स्विडेनले दुई कोठे भवन निर्माणमा सहयोग गर्ने भएको छ । 

एनआरएन साउदीद्वारा अनुदान गरिएको इ-लाब्रेरी दुइकोठे निर्माणाधीन भवनको अनुगमन तथा भवन सिलान्यास कार्यक्रममा एनआरएन स्विडेनले निर्माणाधीन भवनमै दुई तला थप्न सात लाख दिने घोषणा गरेको हो । 


कार्यक्रममा एनआरएन स्विडेन प्रतिनिधि अर्जुन श्रेष्ठ (एनआरएन महासचिव) र बिद्यालय प्रतिनिधिहरु गोर्ख बहादुर ओली (प्रधानाध्यापक), तिलक राम ओली (विव्यस अध्यक्ष) र प्रेम बहादुर ओली (अभियान संयोजक) बीच आठ बुंदे सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षर पत्रमा अनुदान गरिने भनिएको रकम ३ किस्तामा बजेट निकासी गरिने उल्लेख गरिएको छ । 

कार्यक्रममा अभियान संयोजक प्रेम बहादुर ओलीले नमुना विद्यालय अभियानबारे प्रस्ट्याउदै बिश्वभर रहेका दाताहरुलाई सहयोग गर्न आव्हान गरेका छन् । शिक्षा नै दिगो बिकासको आधार भएकाले आफुहरुले शैक्षिक व्यवस्थापनमा दिनरात खटेर भएपनि यो महाअभियानमा जुटीरहेको जानकारी दिए ।


यस्तै कार्यक्रमका प्रमुख अतिथि अर्जुन श्रेष्ठ र उहाँकी धर्म पत्नी सकुन्तला श्रेष्ठको २७औं वैवाहिक जिबनको उपलक्ष्यमा विद्यालयको नाममा रहेको अक्षयकोषमा नगत रु. एक लाख एक हजार एघार (रु. १,०१,१११) व्यक्तिगत सहयोग गरेको नमुना बिद्यालय निर्माण अभियान सूचना विभागका अध्यक्ष केबी गुरुङले जानकारी दिए । 

अहिलेसम्म अक्षयकोषमा सहयोग गर्ने दाताहरुमध्ये सबैभन्दा धेरै सहयोग गर्ने अक्षयकोष सारथिको रुपमा अर्जुन श्रेष्ठ भएको पनि उनले जानकारी दिए । कार्यक्रममा एनआरएनए एनसीसी साउदीका सदस्य भक्त वीर राई, जिल्ला शिक्षा स्रोत व्यक्ति शेर बहादुर डाँगी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, अन्तर बिद्यालयका शिक्षक/शिक्षिकाहरु, पत्रकार र स्थानीयबासीहरुको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न