डिल्लीराज रावत | चैत्र ३, सल्यान । विज्ञान र प्रविधिको विकास गर्न सकिएमा त्यसले हाम्रो जिवनलाइ सरल बनाउछ । मान्छेले सरलयन्त्रको प्रयोगबाट ठुला ठुला कामहरु सजिलै गर्न सक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डिल्लीराज रावत | चैत्र ३, सल्यान । विज्ञान र प्रविधिको विकास गर्न सकिएमा त्यसले हाम्रो जिवनलाइ सरल बनाउछ । मान्छेले सरलयन्त्रको प्रयोगबाट ठुला ठुला कामहरु सजिलै गर्न सक"/>
2026-06-24 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

सल्यानमा नयाँ प्रविधि भित्रीयो, जुन प्रविधि संचालन हुँदा खर्च नै हुदैन

2017-03-16

डिल्लीराज रावत | चैत्र ३, सल्यान । विज्ञान र प्रविधिको विकास गर्न सकिएमा त्यसले हाम्रो जिवनलाइ सरल बनाउछ । मान्छेले सरलयन्त्रको प्रयोगबाट ठुला ठुला कामहरु सजिलै गर्न सक्छन । त्यसैकारण मान्छेको जिवनशैली सजिलो पनि बनेको छ । 

सल्यानमा पनि नयाँ प्रविधिको प्रयोग भएको छ । कुनै जमाना थियो बर्षाको पानीको भर परेर खेति गर्ने त्यसपछी खोलाको पानी कुलो बनाइ टाढाबाट ल्याएर सिचाइ गर्ने त्यसपछी डिजेल तथा विद्युतको भरमा मोटर चलाएर पानी तानेर खेतिपाती गर्ने तर त्यो भन्दा पनि नयाँ प्रविधि सल्यानमा जडान भएको छ । 

सल्यानको बागचौर नगरपालिका २ जीउलामा हाइड र्याम पम्प जडान भएपछि २ सय मिटर माथीसम्म खोलाको पानी कुनैपनि खर्च नगरी पुगेको छ । खोलाबाट २ सय मिटर माथि रहेको खेतमा सिचाईको समस्या भएपछि स्थानिय किसानहरुले उक्त प्रविधिको पम्प जोडेका हुन ।

यो प्रविधि जोडिसकेपछि ताजा तरकारी वाली विकास कृषि समूहका अध्यक्ष धर्मराज डिसी साह्रै खुशी भएका छन । बर्षायाममा मात्रै तरकारी उत्पादन गरी बजार लिने आफुहरु हिउदमा मुहानको थोरै पानीको सिचाइमा थोरै मात्र तरकारी खेती गरेकोमा अव हिउदयामामा पनि मनग्य आम्दानी गर्न पाउनेमा विश्वस्त छन । उनले थपे “नजिकै बजार छ हामी जिल्ला कै २ नं. समूहले नजिकै बजार भएपनि माग अनुसारको तरकारी उत्पादन गर्न सकेका थिएनौ अव सक्नेछौं ।” 

उनि भन्छन “हामीले बर्षामा तरकारी खेती गथ्र्यौ तर हिउदमा तरकारी रोप्नलाई सिचाइ नहुने भएपछि गहुँ लगाउन बाध्य हुन्थ्यो त्यो समाधान हुने भएको छ ।” पानीकै प्रेसरले पानी माथी जाने भएकाले यो प्रविधि सजिलो र किसानका लागि लाभदायीक हुने भन्दै उनले १ मिनेटमा १५ लिटर सम्म पानी भरिने भएकाले खेतिपातीका लागि पानी पनि प्रसस्त हुने बताएका छन । किसानहरुले तरकारी उत्पादनका लागि चासो दिएपनि सिचाईको समस्याले उत्पादनमा समस्या तर यसको समाधान भएको उनको भनाइ छ । 

यो प्रविधि जडान गरेपछि नियमित संचालन हुने योगी इन्जिनियरिङ वर्कसपका प्राविधिक सुमननाथ योगी भन्छन । उनले भने “यो हाइड र्याम पम्प प्रविधि जडानमा थोरै रकम लागे पनि अपरेटिङमा कुनै खर्च हुदैन ।” अवको आर्थीक उन्नतीका लागि कृषि क्षेत्रमा विकास गर्नुपर्ने भन्दै उनले कृषिको विकासका लागि हाम्रा पाखाहरुमा खोलाहरुको पानी लिएर सिचाई गरि खेति गर्नसके आर्थिक उन्नती हुने बताएका छन । 

यो प्रविधिको बारेमा जानकारी दिदै प्राविधि योगी भन्छन “ यो प्रविधि भनेको कुनैपनि वाह्य शक्तीको प्रयोग विना पानीकै शक्तीले मात्र चल्ने प्रविधि हो । यसमा कम उचाइबाट खसालिएको धेरै पानीको शक्तीले थोरै मात्र पानीलाई निश्चित उचाईसम्म पुराउन सकिन्छ र यसको मर्मत सम्भार पनि सजिलो छ ।” 

बर्षामा आकासे पानीको भरपर्ने उक्त स्थानका किसानहरुका लागि वेमौसमी तरकारी खेती गरेर आर्थीक आय आर्जन गर्न सजिलो हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक